४ चैत २०७९, शनिवार

समाजिक कार्यमा सक्रिय “शितको थोपा”


“शितको थोपा” नामक सामाजिक संस्था निकै सक्रिय भएको छ । समाजमा रहेका विभिन्न कामहरुमा संलग्न भएर सो संस्था सक्रिय भएको हो ।
युवाहरुद्वारा स्थापना गरिएको सो संस्थाले पछिल्लो समय जाडोको मौसममा आर्थिक समस्याका कारण चिसो सहन बाध्य निम्न आय भएका ब्यक्तिहरुलाई न्यानो लुगा वितरण गरेको छ । मंसीर १७ गते वालाचतुर्दशीको दिन पारेर श्री भवानी आधारभूत विद्यालयका एक जना विद्यार्थी, सल्लेरी आधारभूत विद्यालयका तीन जना विद्यार्थी, राष्ट्रिय माध्यमिक विद्यालयका ११ जना, पध्मबराह आधारभूत विद्यालयका १२ जना विद्यार्थी र अन्य १४ जनालाई न्यानो कपडा वितरण गरिएको हो । साथै कार्यक्रममा केही साङ्गितिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।


कार्यक्रममा बेनी नगरपालिका-९ का वाड अध्यक्ष बेलबहादुर चोखालले युवा शक्ति सकारात्मक काममा लागेकोमा युवाहरुको प्रशंसा गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मावि नेप्टेचौरका प्र.अ. तारादेवी बानियां चोखाल, समाजसेवी रिम मिजार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सुनिल दामलको अध्यक्षता, बेनी नगरपालिका-९ का वाड अध्यक्ष बेलबहादुर चोखालको प्रमुख आतिथ्यता, संस्थाकी सदस्य सरिता परियारको स्वागत र संचालन शिक्षक विजय चोखालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *