२५ जेठ २०८०, बिहिवार

“अंग्रेजहरूसँग पहिला बाइबल आउँछ त्यसपछि बन्दुक ।”

सन्दर्भः पृथ्व जयन्ती

पौष २७ गते ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ। लामो समयसम्म सन्तान भएन गोर्खाका राजा नरभूपाल शाहलाई । त्यसैले उनले चार विवाह गरे । पछि वि.सं. १७७९ पुष २७ गते बुधबारका दिन नरभुपालकी माइली रानी कौशल्यावतीको गर्भबाट केवल ७ महिनामा पृथ्वीनारायण शाहको जन्म भयो ।

नरभुपाल शाहकी जेठी पत्नी चन्द्रप्रभावती निःसन्तान थिइन् त्यसैले पृथ्वीनारायणको हुकाई बढाई तथा पालनपोषणमा जेठी आमाको महत्वपूणर् भूमिका रह्यो । पृथ्वीनारायण ७ महिनामै जन्मेका र साहिँली आमा बुद्धिमतीदेवीका तर्फबाट ९ महिना पुर्‍याएरै पृथ्वीनारायणभन्दा केही पछि वृन्दकेशरको जन्म भएकोले तात्कालीन दरबारका भाइभारदारका बीचमा उत्तराधिकारसम्बन्धी सामान्य खैलाबैला हुन्थ्यो तर वृन्दकेशरको कलिलो उमेरमै मृत्यु भएपछि सो विवादले ठूलो रूप लिन भने पाएन ।

उनी बाल्यकालदेखि नै खेलकुद, पौडी, कुस्तीमा विशेष रुचि राख्थे । उनी लेख्न नपाएपनि उनको दरबारमा गुरु र पण्डितहरूको विशेष सम्मान थियो । शाहको पहिलो विवाह वि.सं. १७९४मा मकवानपुरका राजा हेमकणर् सेनकी छोरी इन्द्रकुमारीसँग भयो तर विवाहकै दिन सासू ससुरासँग मनोमालिन्य बढेपछि श्रीमती नलिई फर्के । पुनः उनको विवाह ्र बनारसका राजपूत अहिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो ।

वि.सं. १७९९ मा पिता नरभूपालको मृत्यु भएपछि २० वर्षका पृथ्वीनारायण गोर्खाको राजसिंहासनमा बसे राजा भईसकेपछि आफ्नो राज्यविस्तार अभियानमा सहयोग मिल्छ भनी उनले पहिलो पत्नीलाई पनि स्वीकारे । पृथ्वीनारायण शाह कडा र क्रोधी मिजासका भएकाले एकपटक ससुराली जाँदा हेमकणर्का सिपाहीले जुत्ता नखोली सलाम गरेकाले आफ्नो अपमान भएको ठानी उनीहरूलाई आफ्ना मानिसद्वारा मार्नसमेत लगाए ।

राजा भएपछि पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानलाई अगाडि बढाए । उनले वि.सं. १८०० मा नुवाकोटमा आक्रमण गरे तर असफल भए । आफ्नो असफलतापछि शाह सैन्य सङ्गठन बलियो पार्न थाले । काशीमा गई हातहतियार ल्याए र भारद्वाज गोत्र त्याग गरी कश्यप गोत्र लिए । आफ्नो सेनालाई सदृढ र केही राज्यसमेतको सहयोग लिई उनले वि.सं. १८०१ मा नुवाकोट विजय गरी पटक-पटकको प्रयासपछि वि.सं. १८२५ भाद्र २४ गते इन्द्रजात्राको दिन उपत्यका पनि विजय गरे । यसरी उनले पूर्वमा आफ्नो विजय अभियान अगाडि बढाएर दार्जिलिङसम्म पुर्‍याएका थिए तर पश्चिम अभियान भने पृथ्वीनारायण शाहको पालामा खासै अगाडि बढेन । सैनिकको रूपमा पृथ्वीनारायण शाहको व्यक्तित्व उच्च देखिन्छ । उनी साहसी तथा दृढ थिए । आफ्नो समयका अधिकांश निणर्ायक युद्धमा आफैँ युद्धक्षेत्रमा उपस्थित हुनुले उनका सैनिकहरूको मनोबल मजबूत हुन्थ्यो । शाह आफू गोरखाको सिंहासनमा बस्दा राज्यको सिमाना उत्तरमा हिमालय, दक्षिणमा सेती नदी, पूर्वमा त्रिशुलगण्डकी एवम् पश्चिममा माथि चेपे र तल मस्र्याङ्दीसम्म थियो ।

सकभर अंग्रेजहरूबाट टाढै बस्ने उनको नीति थियो । विदेशमा बनेका माल-सामानलाई उनले देशमा प्रोत्साहन दिएनन् । उनी भन्थे- “अंग्रेजहरूसँग पहिला बाइबल आउँछ त्यसपछि बन्दुक ।” उनले अंग्रेजहरूसँग मित्रता गर्ने तर विश्वासन नगर्ने नीति अख्तियार गरेका थिए ।

सैन्य क्षेत्रमा बढी सक्रिय भएकोले उनको व्यक्तिगत जीवनमा कला-साहित्यले खासै महत्व नपाएपनि दरबारमा भने तत्कालीन अवस्थामा पनि कलाको राम्रो प्रवद्र्धन भएको देखिन्छ । उनले राजनीतिक लाभलाई दृष्टिगत गरी आफ्नो गोत्र परिवर्तन गरे । यसैगरी आफ्ना सिपाहीहरू प्रचलित प्रथाअनुसार लुगा फुकाली खान लागेको अवसरमा जयप्रकाश मल्लका सैनिकहरूले आक्रमण गरेको देखी रुढीवादी विरोधको वास्तै नगरी युद्धस्थलमा लुगा लगाएरै खाना खाए हुन्छ भन्ने नियम चलाए ।

राष्ट्रनिर्माता तथा राष्ट्रिय विभूतिसमेत घोषित पृथ्वीनारायण शाहको ‘ब्रतरत्नमाला’, ‘दिव्योपदेश’ प्रकाशित भयो । ‘दुनियाँ जससँग राजी हुन्छन् उसैलाई कजाई दिनू’, ‘अन्याय मूलुकमा हुन नदिनू’, ‘न्याय निसाफ बिगार्ने भन्याको घुष दिन्या र घुष खान्या हुन्’ भन्ने लगायतका उनका दिव्योपदेश आजसम्म पनि सान्दर्भिक रहेका छन् ।

पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वीजयन्तीको रूपमा मानेर सरकारी बिदा दिने चलन भएपनि आज त्यो परम्परा तोडिएको छ । केही व्यक्ति तथा राजनीतिक पार्टीहरूले उनको राज्यविस्तारको अभियानलाई सामन्ती महत्वकांक्षाका रूपमा हेर्ने गरेको पाइन्छ । त्यस्तै ‘पृथ्वीनारायण शाह मन परेन भन्दैमा उनको योगदानमा प्रश्न चिन्ह लगाउनेहरूले वैकल्पिक नेपाल निर्माणको पुष्टि पनि गर्न सक्नुपर्छ, पृथ्वीनारायणकै कारणले मात्र हामी नेपाली भएका हो भन्नेहरूको पनि कमी छैन ।

लेखक जगदिश घिमिरेले भने झैँ पृथ्वीनारायण शाहले सिन्धुलीमा फिरंगीलाई र त्यसअघि मकवानपुरमा मीर कासिमलाई हराएर भगाउन नसकेको भए नेपालको इतिहास र भूगोल अर्कै हुने थियो। तर अहिलेका दललाई पृथ्वीनारायण प्रिय र आदर्श छैनन् ।

२०६३ सालमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावमा गिरिजा सरकारले राष्ट्रिय एकता दिवस मनाउने परम्पराको अन्त्य गरेको थियो। राष्ट्रिय एकता दिवसको आफ्नै महत्व हुन्छ । यसले राष्ट्रलाई एउटै मालामा बाँध्दछ । वर्तमान र आउँदा पूस्ताहरुलाई देशको माया गर्न सिकाउँछ । यस कारण राष्ट्रिय एकता दिवस हुनुपर्दछ र मनाउनुपर्दछ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता दिवस राज्यका तर्फबाट औपचारिक रुपमा मनाउन आफूले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगे पनि पारित गराउन नसकेको लज्जास्पद इतिहास ताजै छ। यसले प्रष्ट छनक दिन्छ । विदेशी दानापानी खानेहरु नै सिंहदरवारमा बस्छन् र प्रधानमन्त्रीलाई बसमा राख्ने तागत राख्छन् ।  

गीतामा भनिएको छ, “चाकीर्तिर्मरणादतिरीच्यते” । अर्थात् सम्मानित व्यक्तिका लागि बदनाम हुनु भनेको मरणभन्दा गरुङ्गो काम हो । 

पृथ्वीनारायण शाहलाई सम्मान गर्न नसकेर नेपालीहरुमाझ यति अपमानित भएर बस्ने हाम्रा नेता लिच्चड हुन् । त्यसो त अहिलेका सबैजसो नेताले भारत र पश्चिमाको सेवाको लागि काम गरिरहेका घाम जस्तै छर्लंग भैसकेको छ ।

सन् १७७४ मा सदा जाडो छल्न नुवाकोट गएको बखत थ्वीनार यण शाह बिरामी परे प्रचलित प्रथाअनुसार उनलाई त्रिशुलगण्डकीको मोहतीर्थ देवीघाटमा लगियो । ९ दिनसम्म घाटमै रही १० जनवरी १७७५ (वि.सं. १८३१ माघे संक्रान्ति) को रात उनले आफ्नो जीवन त्याग गरे ।

बुलबुल साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *