१६ चैत २०७९, बिहिवार

आज सहिद दिवस मनाइँदै

माघ १६ गते अर्थात् आज नेपालभर सहिद दिवस मनाईदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२-६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदको त्याग रहेको बताएका हुन् ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ ।
विसं १९९७, १० माघमा निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष १३ माघमा सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने १५ माघमा दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

राणा शासन विरोधी आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरु :-
१, लखन थापा मगर ।
२,शुक्रराज साश्त्री ।
३,धर्मभक्त माथेमा ।
४, दशरथ चन्द ।
५, गङ्गालाल श्रेष्ठ ।
६, राम प्रसाद राई ।
७, थिरबम मल्ल ।

प्रजातान्त्रिक एवम् बाम आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरु :-
१, भिम दत्त पन्त ।
२,लाल ध्वज गुरुङ ।
३, सुर्यनाथ यादव ।
४, दुर्गानन्द झा ।
५, क्या. यज्ञ ब. थापा ।
६, भिम नारायण श्रेष्ठ ।
७, ऋषि देवकोटा ।
८, राम वृक्ष यादव ।

झापा आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरु :-
१, रामनाथ दाहाल ।
२, नेत्र घिमिरे ।
३, कृष्ण कुईकेल ।
४, विरेन राजवन्शी ।
५, रत्नकुमार वान्तवा ।

जनआन्दोलन २०४६ मा कास्की बाट शहादत प्राप्त व्यक्तिहरु :-
१, झपेन्द्र कार्की ।
२, ऋषि परियार ।

जनआन्दोलन २०६२/२०६३ मा शहादत प्राप्त व्यक्ति हरु:-
१, भिमसेन दाहाल ।
२, उमेश चन्द्र थापा ।
३, दर्शन लाल यादव ।
४, तुलसी क्षेत्री ।
५, शिवहरी कुवर ।
६, विश्नु पान्देय ।
७, हिरालाल गौतम ।
८, सेतु वि .क. ।
९, सुरज विश्वास ।
१०, राजन गिरि ।
११, वासुदेव घिमिरे ।
१२, सगुन ताम्राकार ।
१३, दिपक कामी ।
१४, यमलाल लामिछाने ।
१५, गोविन्द नाथ शर्मा ।
१६, प्रद्युत्न खडका ।
१७, महमद जहागिर ।
१८, चन्द्र बहादुर बयलकोती ।
१९, अनिल कुमार लामा ।
जनआन्दोलन (२) १९ दिन बाहेक त्यस अघिका शहादत प्राप्त अन्य ६ व्यक्ति हरु:-
२०, देवीलाल पौडेल ।
२१ होरिलाल राना चौधरी ।
२२, प्रा. हरिराज अधिकारि ।
२३, चक्रराज चक्रधर जोशी ।
२४ लाल ब. बिष्ट ।
२५, ताहिर अन्सारी ।

२०५२ जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायत ग्यात अज्ञात शहातद प्राप्त प्रमुख व्यक्तिहरु :-
जनमुक्ति सेनाबाट
१, किम बहादुर थापा ।
२, नेप बहादुर केसि ।
३, दिल कुमार पुन ।
४, कमलराज बिष्ट ।
५, प्रकाश शिजाल ।
६, अमर बिस्वकर्मा ।
७ शेरमान कुवर ।
८, प्रेम रोका मगर ।
९, सुर्य बहादुर थापा ।
१०, कासिराम लामिछाने ।

जन सास्कृतिक आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरु :-
१, कृष्ण सेन ईच्छुक ।
२, चुनु गुरुङ ।
३, च्याङ्चा लामा ।
४, अन्जान बिरही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *