१६ असार २०७९, बिहिवार

एकता युवा क्लवद्धारा शिरक वितरण !


 सामाजिक कार्यमा सक्रिय यहाँका एक युवा क्लवले विपन्न परिवारलाई शिरक वितरण गरेको छ । ‘परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवस्यकता’ भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरिएको एकता युवा क्लवले पुसे पन्ध्रमा तमु लोसारको अबसर पारेर फलेवास नगरपालिका वडा नं ४ मुडिकुवाको चुरीका २५ घरका सवै दलित बस्तीमा ४० हजार बराबरको न्यानो कपडा बितरण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङग्रेस पर्वतका सह–सचिव तथा क्लवका पूर्व अध्यक्ष अच्युत तिवारीले पुसको कठ्याङग्रीदो जाडोमा गरिब परिवारको लागि वितरण गरेको यो न्यानो कपडाले राहत मिलेको वताउनुभयो । पुष माघको जाडोमा न्यानो कपडा र ओड्ने ओछ्याउने नहुँदा रात काट्न समस्या भएको देखेपछि आफूहरुले विपन्न परिवारका लागि सिरक वितरण गरिएको उहाँको भनाई छ । न्यानो ओड्ने ओछ्याउने नहुँदा बृद्धबृद्धा र वालवालिकालाई चिसोले रात काट्न गाह्रो छ । त्यसैले विपन्न परिवार छनोट गरेर सहयोग गरिएको तिवारीले बताउनु भयो । उहाँले आगामी दिनमा यसरी नै दिनदुखिको सेवामा निरन्तर खटिरहन समेत सबैलाई आग्रह गरे।
क्लवका अध्यक्ष बिजय चापागाईको अध्यक्षतामा सम्पन्न न्यानो कपडा बितरण कार्यक्रममा अध्यक्ष चापागाईले क्लव यस्तै सहयोगि दाताहरू संग सहकार्य गर्दै गाउगाउमा पु–याउने वताए । क्लवका सदस्य शिशिर शर्माको सम्योजकत्वमा रहेको कार्यक्रमको स्वागत क्लवका उपाध्यक्ष उषा चापागाईले गरेकी थिइन,भने स्थानिय सहजकर्ता छविलाल तिवारी क्लवका पूर्व अध्इक्ष हिमाल केसी सल्लाहकार दामोदर आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिभिन्न दाताहरूसंगको सहयेग र आन्तरीक कोषबाट कार्यक्रम गरिएको क्लवका सचिब अमृत प्रसाद पोख्रेलले बताए । संयोजक शिशिर शर्माको धन्यवाद र कार्यक्रमको संचालन सचिब अमृत पोख्रेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published.