नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले म्याग्दीमा एकैपटक ५ वटा जनवर्गीय संगठनको जिल्ला कमिटी घोषणा गरेको छ ।
शनिबार म्याग्दीको बेनीमा भएको जिल्ला भेलामा नेपाल दलित मुक्ति संगठन, नेपाल जनजाती महासंघ (समाजवादी), अनेरास्ववियु, समाजवादी प्रेस संगठन नेपाल र युवा संघ नेपालको जिल्ला कमिटीको घोषणा गरेको हो ।
सो भेलाले दीपक परियारको अध्यक्षताका १ सय १ सदस्य नेपाल दलित मुक्ति सङ्गठन, विज्ञान शर्माको अध्यक्षताका ५१ सदस्य अनेरास्वविय जिल्ला कमिटी, करण छन्त्यालको अध्यक्षतामा ८१ सदस्य युवा सघ नेपाल, लोकनाथ भुषालको अध्यक्षतामा ११ सदस्य समाजवादी प्रेस सगठन र मुक्ति पाइजाको अध्यक्षतामा ४५ सदस्य नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को जिल्ला कमिटी घोषणा गरेको छ ।