१६ चैत २०७९, बिहिवार

एमाले पर्वतको अध्यक्षमा पौडेल !

नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका पौडेललाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा अध्यक्षको रुपमा घोषणा गरेको हो । पर्वतको महाशिला निवासी पौडेल आठौ जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए । कमिटीको उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित भएका छन् । नवौं महाधिवेशनवाट ९० जनाको जिल्ला कमिटिनै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाईले जानकारी दिइन् । जिल्लाका सातवटै स्थानीय तहबाट मिलाई सदस्यहरु छनौट गरिएको बताईएको छ । अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष भक्त कुँवर र राजु पौडेलको दावी रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *