१६ चैत २०७९, बिहिवार

किन पटकपटक प्रचण्डलाई तर्साइरहन्छन् ओली ? भन्छन्: प्रचण्डले मसँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ !


नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्।तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।
‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ, के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले मसँग सम्झौता गरेका थिए’ । ओलीले भनेका छन् ‘त्यो सम्झौताको उनले पनि चर्चा गरेका छैनन्, मैले पनि अहिलेसम्म गर्‍या छैन तर, अहिले म भन्छु, उनले मसँग सम्झौता गरेका थिए।’ सम्झौताको एकरएकप्रति आफू र प्रचण्डसँग रहेको ओलीले बताए। ‘त्यसको एकप्रति प्रचण्डसँग छ, एकप्रति कागज मसँग छ’, ओलीले भने।
यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *