१२ मंसिर २०७९, सोमवार

कोभिडकै कारण पर्वतमा एकको ज्यान गयो !

कोभिड १९ को तेश्रो लहर सँगै फैलिएको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी २३ बर्षिय युवतीको ज्यान गएको छ । विहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मृतक युवतीको माघ ५ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या सँगै शरिरको तापक्रम अनियन्त्रित भएपछि उनको विहिबार राती ९ बजे मृत्यु भएको हो । उनको मृत्यु सँगै गण्डकी प्रदेश भित्र हालसम्म कोभिडबाट मृत्युहुनेको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।
पर्वतमा पछिल्लो समय सम्म तेश्रो लहरबाट १ सय ८ जना संक्रमित बनेका छन् । संक्रमितहरु सेल्फ आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *