५ चैत २०७९, आइतवार

जय गौडेल

यसरी काम चल्दैन साथी
नरोपी बिउ फल्दैन साथी

तेलमात्र यहाँ हालेर हुन्न
सलाई नकोरी बल्दैन साथी

विनाश नभै विकास हुन्न
नबनी मुस्लो जल्दैन साथी

विद्रोही मूल फुट्नुनै पर्छ
नभिजी पहाड गल्दैन साथी

रुढीलाई मात्र अँगाली राखे
बिभेदको पर्खाल ढल्दैन साथी

सत्य सिद्धान्त अँगाल्ने लाई
मोसो कसैले दल्दैन साथी

==============
पाँच अक्षरमा यति हुने ५×२ (सूत्रको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *