–लोकेन्द्र बञ्जारा
पैसो हुने पुण्य पाउन काँशी पुग्छ चारधाम पुग्छ
म जस्तो छ नहुने जो घाट घाटमा ऊ मलाम पुग्छ।
तिम्रो दिलको बस्ती जहाँ अधेंरो छ अझैसम्म,
एक न एकदिन त्यहाँ पनि मेरो प्रेमको घाम पुग्छ।
झापाबाट नाम र बदनाम दुबैलाई चाँदमा पठाउ,
हराउँछ नाम तर पक्का सम्झ बदनाम पुग्छ।
तिमी बस खोलामाथी घर बनाएर पचासौँसाल
तिम्रो घरमा खोला बसे दश मिनेटमा काम पुग्छ।
-दमक,झापा