२२ मंसिर २०७९, बिहिवार

‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ सार्वजनिक !

साहित्यकार शान्ति प्रियवन्दनाको पहिलो कविताकृति ‘जिल खाइरहेको एक्काइसौं शताव्दी’ हेटौंडामा सार्वजनिक गरिएको छ। सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कृति सार्वजनिक भएको हो ।

उक्त कृतिको संस्थाका संयोजक निमेष निखिल, साहित्यकार कुन्ता शर्माले आमा मैना सुवेदी र छोरा दृष्टान्त बिडारीले विमोचन गरेका हुन्। कवि प्रियवन्दनाको पहिलो रचना २०५४ सालमा प्रकाशित भएको थियो। कार्यक्रममा कविबारे साहित्यकार सुवास खनालले जानकारी गराएका थिए। विमोचित कृतिमाथि डा. विन्दु शर्माले समीक्षा गर्दै प्रियवन्दनाका कविताको केन्द्रीय पक्ष सीमान्तकृत वर्गका दुःख पीडा नै भएको बताइन्। कविले आफ्ना कविताहरुमा अलङ्कारको बोझ नथपेको र प्रतिकात्मकतिर नगएको उनको भनाइ थियो। अर्का समीक्षक प्राध्यापक घनश्याम घिमिरेले हाम्रो व्यवहार, मान्यताहरु,  कतिपय विश्वासहरुमाथि विश्वास कम र अन्धविश्वास ज्यादा भइरहेको  सन्दर्भमा कविताहरूले केही बोलेको बताए। 

कार्यक्रमकी प्रमुख अतिथि कुन्ता शर्माले कवि प्रियवन्दनाका कवितामा पूर्ण कथा रहेको बताइन्। रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको कवितासंग्रहमा ३५ कविता समेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *