दुर्गा अधिकारी भमरकोटे
शुभकामना
सुस्केराका सुसेली
उचा नभमा ।
काव्यकी धनी
सुसेलीमा सुस्केरा
थप्छु म पनि ।
अध्यापन, साहित्य, पत्रकारिता र समाजसेवालाई एकै साथ अगाडि बढाएकी दर्जनभन्दा धेरै संघ/संस्थासँग आबद्ध भएर विभिन्न साहित्यिक विधामा कलम चलाउनु हुने सुशीला ढकाल अधिकारीलाई मैले विगतका पाँच वर्षदेखि चिनेको हुँ । चिनजान सँगसँगै हाम्रो साहित्यिक सहयात्रा अगाडि बढ्दै गर्दा अहिले आएर हामीले राष्ट्रिय सुसेली मञ्च नेपाललाई सञ्चालन गरिरहेका छौं । सुशीला बहिनी सुसेली मञ्चको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँसँगको सहकार्यमा कार्यक्रम चलाउन अत्यन्त सजिलो भएको मैले महसुस गरेको छ । सरल स्वभाव र सहयोगी हृदय भएकी स्रष्टा सुशीला नाम जस्तै सुशील लाग्छ सहकार्य र सहयात्रामा ।
नेपालको ऐतिहासिक स्थल गोरखाबाट काठमाडौंको बानियाँटारमा स्थानान्तरण गरेर बस्नु भएकी सुशीलाले कविता, कथा मुक्तक, गजल, सुसेली लगायतका विभिन्न विधामा सशक्त रुपमा कलम चलाउनु हुन्छ । उहाँ नोबेल साकोस साहित्य संस्थाद्धारा प्रकाशित हुने “साहित्य श्री” पत्रिकाका सम्पादक समेत हुनुहुन्छ । विशेषगरी गद्यकवितामा दो कदम राख्न सफल उहाँले गजल, मुक्त लगायतका अन्य लघुविद्यामा समेत रचनाहरू गर्नुभएको छ । सुसेलीको प्रतिपादन पश्चात्, सुसेलीलाई अत्यन्तै माया गर्दै सुसेलीको विकास र विस्तारका लागि दिल र दिमाग दुवै लगाएर सुसेलीको साथमा अगाडि बढिरहनु भएको छ । अन्य धेरै कृतिहरू प्रकाशन गर्ने सामाग्री हुँदाहुँदै सङ्ग्रह प्रेसमा पठाएर पनि उहाँले सुसेलीको पुस्तकलाई प्राथमिकता दिएर कृतिका रुपमा पस्कनु भएकोमा सम्पूणर् सुसली प्रेमीहरूका लागि मेरो र कविता खुसीको कुरा हो । यस अर्थमा उहाँ राष्ट्रिय सुसेली मञ्च र स्वयम् मेरो लागि पनि धन्यवादको पात्र बन्नुभएको छ ।
सुशीलाका सुन्दर शब्दहरूमा रचना गरिएका सुसेलीलाई उहाँकै मीठो स्वरमा गाउँदा कुनै पनि साहित्यिक कार्यक्रम मस्तले झुमेको हुन्छ । त्यसैले म लगायत सुसेली प्रेमी साथीहरूले उहाँलाई सुसेली विधाको चम्किलो ताराका रुपमा लिएका छौं । उहाँ जस्तै सुसेलीकारहरूले भविष्यमा यो विधालाई संसारभर रहेका हरेक नेपालीहरूको जनजियोमा पुर्याउनु हुने कुरामा शङ्का छैन ।
सुशीलाको सुसेली सङ्ग्रह “सुस्केरा” को सफलता नै सुसेलीको सफलता हो । यस अर्थमा म उहाँको पुस्तकको पूणर् सफलताको कामना गर्दै, सुशीलाको सुस्केराबाट सुरु भएको काव्य यात्राले निरन्तरता पाइरहोस् । हरेक वर्ष नयाँनयाँ कृतिहरूको रसास्वादन गर्न पाइयोस् भन्ने अपेक्षा सहित स्वस्थ, दीर्घ जीवन र अविरल साहित्यिक यात्राको कामना गर्दछु ।
धन्यवाद छ ।
यो सुसेली विधाको
मीठो स्वाद छ ।
अध्यका राष्ट्रिय सुसेली मञ्च नेपाल