१३ असार २०७९, सोमवार

नमस्कार किन गर्ने ? यस्ता ब्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुहोस् !

विभिन्न धर्ममा सत्पुरुष, बुद्धिजीवी, महात्मा, आदर्श व्यक्ति र आफ्ना साथीभाइ एवम् आफन्त जनलाई नमस्कार गर्ने प्रचलन रहेको छ । नमस्कारले मानिसको आत्मीयता प्रकट गर्न सहयोग गर्दछ । हिन्दू धर्ममा अभिवादन (नमस्कार) पद्धति शास्त्रीय रहेको छ विशेष गरी ज्येष्ठ एवम् श्रेष्ठ व्यक्ति आफूभन्दा साना व्यक्तिलाई आशीर्वाद दिनका लागि आफ्नो हात शिरमा राख्ने प्रचलन रहेको छ । यस्तो अवस्थामा जान अञ्जानमा प्रेमले भरिपूर्ण हातद्वारा आफ्नो आत्मीयता प्रकटित हुने विश्वास रहेको छ । यदि बाहिर बाटोमा हिँडिरहेको समयमा दुई हात जोडेर नमस्कार गर्नु उचित हुन्छ । तर, दुवै पद्धतिमा आफ्नो शिर भने झुकाउनुपर्छ ।
नमस्कार गरिसकेपछि स्वीकार गर्ने व्यक्तिले पनि आफ्नो शिर झुकाउनु पर्दछ । सत्पुरुषलाई नमस्कार गर्दा साष्टाङ्ग दण्डवत् गर्नुपर्छ भनेर शास्त्रीय नियम रहेको छ । दुई हात, दुई घुँडा, दुई पैताला (गोडा) ले भूमिस्पर्श गरेर गरिने प्रणाम (अभिवादन) नै साष्टाङ्ग दण्डवत् हो । ठूला साना दशै वटा औंलाहरू मिलाएर गरिने नमस्कार समावेशी हो । मन्दिरमा पनि आफ्ना इष्टदेवलाई प्रणाम गर्दा दण्डवत् भएर गरिने नमस्कार महत्त्वपूर्ण मानिएको छ । वैदिक विधि अनुसार यदि कुनै जीवात्मा परमात्माका सामुन्ने झुकेर, नम्रतापूर्वक साष्टाङ्ग या नमस्कार गर्दछ भने त्यहाँ कुनै आपत्ति हुदैन । सार्वजनिक ठाउँमा विवादित पुरुषलाई साष्टाङ्ग गर्दछ भने त्यो चाहिँ विवादित अथवा निन्दनीय बन्न सक्छ ।
यी ब्यक्तिलाई कहिल्यै नमस्कार नगर्नु !
नुहाइरहेको व्यक्ति –
नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

दौडिरहेको व्यक्ति –
दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।
धनको अंहकार गर्ने व्यक्ति –
यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।
पानीमा रहेको व्यक्ति –
पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।
जुठो परेको व्यक्ति –
यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।
टाढा रहेको व्यक्ति –
आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ । बुलबुल साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published.