३ चैत २०७९, शुक्रवार

नेकपा जोगाउने ऋषि कारवाहिमा !

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी अध्यक्षसमेत रहेका नेता ऋषि कट्टेल पार्टी सदस्यसमेत नरहने गरि कारबाहीमा परेका छन् । उनलाई बिहीबार नेकपाभित्रको बहुमत पक्षले कारबाही गरेको हो ।
केन्द्रीय समितिले बनाएको जाँचबुझ समितिको निर्णयअनुसार सोधिएको स्पष्टीकरणको जवाफ नबुझाएसँगै कारबाही गरिएको कार्यबहाक अध्यक्ष लोकनारायण सुवेदीले बताए । उनका अनुसार पार्टी केन्द्रीय सचिवालयको बहुमत र केन्द्रीय समितिको झण्डै दुई तिहाई बहुमत सदस्यको निर्णयअनुसार कट्टेलमाथि कारबाही गर्ने निर्णय गरिएको हो ।
१५ सदस्यीय नेकपाको केन्द्रीय सचिवालयमा ८ जना र ३४ सदस्यीय केन्द्रीय समितिका २० जना सदस्य कट्टेलको विरुद्वमा खुल्दै आएका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतले विघटन गरेसँगै कट्टेल नेतृत्वको नेकपाको चर्चा चुलिएको थियो । राजनीतिक वृत्तमा चर्चा चुलिएको बेला नेकपाभित्र भने आन्तरिक विवाद सुरु भएको थियो ।

तत्कालिन समयदेखि नै ऋषि कट्टेलको विरुद्वमा नेकपाभित्र मोर्चाबन्दी बनेको थियो । कट्टेलले पार्टीलाई नै एमालेलाई बुझाउन खोजेको आरोप बहुमत पक्षले लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *