पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । शनिवार वडाको भेला आयोजना गरि युवा नेता विकास रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा देउबहादुर क्षेत्री र अमृत घिमिरे,सचिवमा गोविन्द अधिकारी, उपसचिवमा सन्त बहादुर बिक (निर्जल) र रमेश क्षेत्री चयन हुनुभएको छ ।
कमटी गठन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती पौडेल, केन्द्रिय निर्वाचन आयोगका सदस्य उदय सुवेदी, एस पर्वतका उपसचिव बिराज हमाल,समाजवादी प्रेस संगठन नेपाल पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा,अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनाम लगायतको उपस्थिति रहेको थियो ।