२३ जेठ २०८०, मंगलबार

पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ बजारमा !

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ ।  

मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ । बुकहिल पब्लिकेसनले सो पुस्तक प्रकाशन गरेको हो । 

पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरूसमेत समावेश गरिएको छ ।

पुस्तकबारे लेखक पौडेल भन्छन्, ‘यस पुस्तकमा मूलतः सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचना प्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक–सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन् ।’

म्याग्दीमा जन्मिएर डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट इकोनोमिक हिस्ट्रीमा स्नातकोत्तर गरेका छन् ।

‘ट्रेड पेपर–ब्याक’ संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुनेछ । पाठकको रुचीअनुसार ‘मास मार्केट पेपरब्याक’ कोरोनाको प्रभावपछि सार्वजनिक गरिनेछ । सात खण्डमा विभाजित २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *