१४ जेठ २०८०, आइतवार

बाबूले मारे २७ महिने छोरी !

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै सहोदर भाईको २७ महिनाका छोरीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
चापाकोट नगरपालिका ७ बस्ने ३८ बर्षीय बासुदेब ढकाललाई आफ्नै सहोदर भाईको २७ महिनाका छोरी सुबिना ढकाललाई मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुशार बासुदेवले बच्चाको दुबै खुट्टा समाई जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । हत्यामा संलग्न ढकाललाई नियन्त्रणमा लिएर ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान शुरु गरिएको अधिकारीले बताउनु भयो ।
अधिकारीका अनुसार हत्यामा संलग्न ढकालले मदिरा सेवन गरेका थिए । आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकारेका प्रहरीको भनाई छ । किन बालिकाको हत्यागर्ने मनसाय आयो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । मृतक बालिकाको शवलाई पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *