सदानन्द अभागी
खास गरेर कृषको गुनासो माटो विग्रो भन्ने सुनिन्छ । यस भनाइबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुट्टन सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या केहो भन्ने प्रष्ट हुन्छ । माटो अम्लिय छारिय र तटस्थ रुपमा हुन्छ । माटो कस्तो छ त भनि जानकारी लिन माटो परीक्षण गर्नु पर्दछ । माटो परिक्षण गर्नको लागि सर्ब प्रथम हाम्रो समस्या युक्त जग्गाको माटाको नमुना सञ्कलन गर्नु पर्छ । माटोको नमुना अन्न बाली , तरकारी बाली तथा छोटकरीमा भन्नु पर्दा छोटा जरा वाला बालकिो माटोको नमुना करिब छ देखि नौ इञ्चको गहिराईबाट क्षेत्रफलको आधारमा ६–७ ठाउँबाट सञ्कलन गरि त्यसलाई मिसाएर करिब १केजीको नमुना तयार गर्नु पर्छ र त्यस नमुनालाई माटो परीक्षण प्रयोग शालामा जाँच गर्न पठाउनु पर्छ । प्रयोगशालाले त्यो माटोलाई जाँचेर माटो अम्लिय पना देखि माटोमा विरूवाले लिने कुन कुन खाद्यतत्व कमी छन् भन्ने सिफारिस सहितको जानकारी दिन्छ ।
अव हामी माटोको अम्लिय तथा क्षारिय पना कस्तो छ भनि परीक्षण गर्ने मिसिनलाई उिएच मिटर भनिन्छ । पिएच मिटरले दिएको नतिजालाई पिएच निन्छ । पिएच को तह १देखि १४ सम्म हुन्छ । पिएच सातलाई तटस्थ माटोको रूपमा लिइन्छ भने पिएच मान सात भन्दा माथि भएमा क्षारिय र ७ भन्दा तल भएमा अम्लिय भन्ने गरिन्छ । धेरै जसो बालीको लागि पिएच मान ५.५ देखि ८को बीचमा हुनु राम्रो मानिन्छ तापनि पिएचमान ६देखि सातसम्म भयो भने माटोबाट विरुवाले खाद्यतत्व सहजसँग लिन सक्छ ।
माटो जति अम्लिय बन्छ त्यति माटोमा अल्मुनियम। म्याग्निज र फलाम तत्व बढी घुलनशिल बन्छन् र विषलुपना बढाउँछन् । अलमुनियमको बढ्दा घुलनशीलको असरले जराको विकास रोकिन्छ । जराको विकास रोकिँदा विरुवाले जेजति खाद्यतत्व र पानी माटोबाट लिनपर्ने हो त्यति लिन सक्दैन ।उत्पादनमा ह्रास आउँछ ।
समग्रमा बढी उज् मानहरूले अधिकांश पोषक तत्वहरू नाइट्रोजन फस्फरस, पोटासियम, सल्फर, क्याल्सियम म्यांग्नेसियम र मोलिवडेनम तत्वहरू को उपलब्धता बढाउँछ भने कम उज् ले यिनै तत्वहको उपलब्धता घटाउँछ । कम पिएच मानमा फलाम, म्याग्नानिज, बोरोन,जिङ्क(जस्ता) र तावाँको उपलब्धता बढाउँछ । धेरै बढी घुलनशीलता बढ्यो भने विषलु पना बढ्न सक्छ साथै माइक्रोबियल गतिविधि पनि कमी हुन सक्छ ।
धेरै अम्लिय माटोमा शुक्ष्मजैविक क्रियाकलाप घट्छ र यसको बढी प्रभाव दलहनबालमिा पर्न जान्छ ।दलहन बालीको जरामा गिर्खा बन्ने काममा असर गर्दछ । दलहन बालीको जरामा राइजोवियम व्याक्टेरिया हुन्छन् । यी व्याक्टेरियाले वायुमण्डलीय नाइट्रोजनलाई माटोमा मिलाउने काम गर्दछन् ।
माटोमा पिएचमानको असन्तुलनले गर्दा माटोमा खाद्यतत्व प्रयाप्तमात्रामा भए पनि तथा माटोमा मल प्रयोग गर्दा पनि बिरुवाले खाद्यतत्व प्राप्त गर्न सक्दैन र खाद्यतत्वको कमीको लक्षण देखाउँछ । त्यसो हुँदा माटोको पिएचमान सन्तुलन बनाई राख्नु पर्छ । धेरै अम्लिय माटोमा कृषि चून र धेरै क्षारिय माटोमा जिप्समको प्रयोग गर्नु पर्दछ ।
माटो अम्लिय बन्नुको कारणहरू– अम्लिय प्रकारका पैतृक पदार्थ जस्तै ग्रेनाइट, राइलाइट, बलैटे ढुङ्र्गा बाट निर्माण माटो अम्लिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँमा क्षरयुक्त पदार्थ पखालिएर र चुहिएर जाँदा माटो अम्लिय प्रकारको हुन्छ । तेजावी वर्ष हुने ठाउँको माटो पनि अम्लिय प्रकारको हुन्छ । प्राङ्गारिक पदार्थ विघटन हुँदा प्राङ्गारिकअम्ल निस्कन्छ र यसबाट पनि माटोमा अम्लिय पना बढ्न सक्छ तर प्राङ्गारिक पदार्थ विधटनहुँदा निस्कने अम्ल निकै कमजोड हुने भएकोले त्यति ठूलो असर गर्दैन ।धेरै चून मनपराउने बाली लगातार लगाउने तर चूनयुक्त पदार्थ माटोमा नथप्दा पनि माटो अम्लिय बन्न जान्छ । एमोनिकल पर्टिलाइजर माटोमा थप्दा पनि माटो अम्लिय प्रकारको हुन्छ ।
अम्लिय माटो सुधार गर्ने तरिका – मैले माथि नै भनि सकेको छु कि अम्यि माटो सुधारको लागि कृषि चूनको प्रयोग गर्नु पर्छ । धेरै प्रका्का (डोलोमाइट, क्यालसाइट,व्रन्टलाइम, हाइड्रेटेटलाइम) ,चूनको प्रयोग गर्न सकिन्छ तर हाम्रो देशमा कृषि चूनको प्रयोग चलनमा छ ।
कति चूनको प्रयोग गर्ने– चून प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । सर्व प्रथम माटो जाँचको आधारमा कृषि चूनको प्रयोग गर्नु अति राम्रो हुन्छ । माटो जाँच गर्दा माटोको प्रा्गारिक पदार्थ, माटाको बनौट( माटोकणको अवस्था)को जानकारी लिन सके कृषि चूनको प्रयोगमा सहज हुन्छ ।कणको हिसावले हेर्दा बलौटे माटोमा कृषि चून थोरै प्रयोग गर्नु पर्छ । कृषि डायरीमा सिफारिस मात्रालाई तुलना गरेर हे¥यौं भने ५.५ पिएच मान भएको पहाडी भेगको बलौटे माटोमा १३० केजी प्रति रोपनी कृषि चून सिफारिस गरेको पाइन्छ भने दोमट माटोमा १७० केजी र चिम्टेकण भएको माटोमा २३० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । तराईमा प्रति रोपनी बलौटे माटोमा ७० केजी,दोमटमा १०० केजी र चिम्टेमा २०० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । यसरी पहाड र तराईमा फरक मात्रा हुनमा तापक्रम,प्राङ्गारिक पदार्थको मात्रा आदिको कारणले गर्दा यस्तो हुन गएको हो पहाडमा तराइको तुलनामा प्राङ्गारिक पदार्थ बढी हुन्छ । तापक्रम कम हुन्छ । चूनसँग रासायनिक मललाई मिसाउन हुँदैन । बढी मात्रामा चूनको प्रयोग गर्दा सिफारिस मात्रालाइ दुई भाग गरी एकभाग एक पटकमा र अर्को मात्रा पछि प्रयोग गर्नु पर्दछ । चून प्रयोग गर्दा खाली जग्गामा प्रयोग गर्नु पर्छ ।बाली लगाएको बेलामा चून छर्नु हुँदैन । माटोमा चिस्यान हुनु पर्दछ र चून छरिसकेपछि चूनलाई जोतेर माटोमा मिलाउनु पर्छ । चून छर्दा सकेसम्म मसिनो बनाएर छर्नु पर्छ । खस्रो तथा ठूलो कणका चून माटोमा मिसिएमा प्रतिकृया हुन समय लाग्छ र तत्काल प्रभावकारी नहुन पनि सक्छ ।
बुलबुल साप्ताहिकबाट