१६ चैत २०७९, बिहिवार

सडकमाथिबाट खसेको ढुङ्गाले ज्यान लग्यो !

 सडकमाथिबाट खसेको ढुङ्गाले लागेर दाङमा एक युवकको ज्यान गएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सिपुरको राम्रीढकेनीथान नजिकै ढुङगाले लागेर मोटरसाइकल चालक घोराही १४ बस्ने ३५ वर्षीय लालबहादुर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका-३ राम्री पाखापानीमा पर्ने सल्यानको कपुरकोटदेखि तुलसीपुर आउँदै गर्दा ढुङगाले लागेर रा ३ प ११०१ नम्बर माेटरसाइकलमा सवार घर्ती गम्भीर घाइते हुनु भएको थियो । उहाँकाे उपचारको क्रममा गएराति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान   गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *