२३ जेठ २०८०, मंगलबार

‘अनुत्तरित प्रश्नहरू’ सार्वजनिक !

 युवाकवि चारघरे ठिटोको कविता संग्रह ‘अनुत्तरित प्रश्नहरू’ सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा सो पुस्तकको कवि रमेश श्रेष्ठले विमोचन गरे ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य भइसकेका श्रेष्ठले राष्ट्रसेवकका रूपमा कार्यरत चारघरे ठिटोलाई सफल साहित्यिक यात्राको कामना गरे ।

कार्यक्रममा विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित उत्सवले कवि चारघरे ठिटोलाई सम्भावना भएका कविका रुपमा चित्रित गरे । कवि/गजलकार दीपक समीपले शुभकामना दिएका कार्यक्रममा कवि चारघरे ठिटोले आफू साहित्यमा बामे सर्दै गरेको बालक भएका भन्दै सबैको मायाको अपेक्षा गरे ।

युवा कवि रोशन तिमिल्सिनाको स्वागतमा भएको कार्यक्रममा  कवि माधव खतिवडाले अनुत्तरित प्रश्नहरु कविता सङ्ग्रहबाट कविता वाचन गरेका थिए । कृतिको टुकादेवी आचार्यले समीक्षा गरेकी थिइन्। सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लिली अधिकारीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *