१२ असार २०७९, आइतवार

एकीकृत समाजवादीको बेनी नगर कमिटीको अध्यक्षमा पाइजा !

नेकपा एकीकृत समाजवादीले मुक्ति पाइजाको अध्यक्षतामा बेनी नगर कमिटी गठन गरेको छ । समाजवादीको पार्टी कार्यालयमा आज बसेको भेलाले पाइजालाई नगर कमिटीको अध्यक्षमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा वसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा विमला परियार लगायत ५१ नगर कमिटी गठन गरिएको जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।


नगर कमिटी गठन कार्यक्रममा एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्माले समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनसमुदाय नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो । केपी ओलीले डोर्‍याउन खोजेको गलत दिशाबाट अहिले नेपाली राजनीति जुन सकारात्मक दिशामा गैरहेको छ, यो सबै एकीकृत समाजवादीको देन रहेको विश्वकर्माको भनाई रहेको थियो । गलत प्रवृत्तिको विरोध गर्दै विद्यार्थी, युवा, महिला र बुद्धिजीवि वर्ग पार्टीमा होमिएको जिल्ला उपाध्यक्ष हेमराज शर्माले बताउनुभयो ।
समाजवादीका जिल्ला सचिव दुर्गा कार्कीले म्याग्दीका सबै पालिका र वडामा कमिटी विस्तारमा तिव्रता दिएको बताउनुभयो । अन्याय, अत्याचार, नातावाद, कृपावादको विरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्ने कार्कीले बताउनुभयो । पार्टीले सुम्पिएको जिम्मेवारी कर्तव्यनिष्ठाका साथ पूरा गर्ने निर्वाचित अध्यक्ष पाइजाको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published.