नेकपा एकीकृत समाजवादीले ताराप्रसाद न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय पैयुँ गाउँपालिका कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पवित्रा बस्याल, यामबहादुर थापा, सचिवमा प्रेमबहादुर थापा र उपसचिवमा क्रमश: खिमप्रसाद न्यौपाने (राजु), भोजराज तिवारी र दिला शर्मा चयन भएका छन् । त्यसैगरी पालिकाको सदस्यहरुमा क्रमश: दिपक सुवेदी, सागर भुसाल, सेंजिला भुसाल, किरण थापा, चन्द्रकुमार हमाल, सीता न्यौपाने, दलबहादुर विक र चुणामणि शर्मा चयन भएको उदय सुवेदीले जानकारी दिनुभयो ।
वाडकमिटी गठन !
त्यसैगरि पैंयु गाउँपालिका वडा नं. ३, वेउलीवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । वडाको भेला आयोजना गरि यामबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा चन्द्रकुमारी हमाल, सचिव चुडामणि शर्मा र उपसचिवमा क्रमशः राजन थापा, दिपक सुवेदी र यमुना सुवेदी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः पूर्णचन्द्र सुवेदी, अम्बी विक, किरण थापा, खेमप्रसाद वसेल, पेमा न्यौपाने, कृष्ण भुसाल, नवराज भुसाल, सरिता थापा, सुष्मा थापा, मीना दर्जी, दिब्या भुसाल, दलबहादुर विक र लिलबहादुर विक चयन भएका छन् ।
कमटी गठन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदीले समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनसमुदाय नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो । केपी ओलीले डोर्याउन खोजेको गलत दिशाबाट अहिले नेपाली राजनीति जुन सकारात्मक दिशामा गैरहेको छ, यो सबै एकीकृत समाजवादीको देन रहेको सुवेदीको भनाई रहेको थियो । गलत प्रवृत्तिको विरोध गर्दै युवा र बुद्धिजीवि वर्ग पार्टीमा होमिएको प्रदेश सदस्य उमाकान्त सुवेदीले बताउनुभयो ।
समाजवादीका जिल्ला उपसचिव विराज हमालले पर्वतका सबै पालिका र वडामा कमिटी विस्तारमा तिव्रता दिएको बताउनुभयो । अन्याय, अत्याचार, नातावाद, कृपावादको विरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्ने हमालले बताउनुभयो । कार्यक्रममा अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनामले विद्यार्थी तथा दलित वर्गहरुका मुद्दा एकीकृत समाजवादीले मात्र सम्बोधन गर्ने भएकाले विद्यार्थी र दलित वर्गहरुलाई एकीकृत समाजवादीमा आवद्ध हुन आग्रह गर्नुभयो ।