१६ चैत २०७९, बिहिवार

एमसीसीको बिरोधमा प्रशासन घेराउ !


एमसीसी सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय म्याग्दी घेराउ गरिएको छ । संयुक्त आन्दोलन मोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ र नारा जुलुस प्रदर्शन गरेको हो ।
एमसीसी सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै बिरोध प्रर्दशन गरिएको एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । नेपाल कम्युनिष्ट पार्टी विप्लव सेक्रेटरी दिपाले विदेशीको इसारामा एमसीसी पास गर्न लागिएको भन्दै त्यसका विरुद्धमा आन्दोलन गरिएको बताउनुभयो । एमसीसी सम्झौता खारेजीको माग विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको अवस्थामा समेत संसदमा पेश गर्नु जनताको भावना विपरितको कार्य भएको उनको भनाई थियो । सोही अवसरमा राष्ट्रिय जनमोर्चाका म्याग्दी अध्यक्ष छवि विश्वकर्माले अनुदानको नाममा अमेरिकाले नेपालमा हस्तक्षेप गरेको बताउनुभयो ।
विरोध प्रर्दशनको क्रममा प्रहरीसँग समान्य विवाद भएको थियो । आन्दोलनमा नेकपा एकिकृत समाजवादीका जिल्ला संयोजक कृष्णकुमार विश्वकर्मा, नेकपाका जिल्ला नेता धुब्रलाल शर्मा, शिवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सिमसिम बर्षाकाबीच पनि आन्दोलनरत पक्षले निरन्तर प्रर्दशन गरेको थियो ।
बिरोधमा सहभागी दलले एमसीसीमा ठूला दलले जनतामाथि गम्भीर बेइमानी गरेको भन्दै जनतालाई प्रतिरोधमा उत्रिन समेत अपिल गरेका छन् । एमसीसी सम्झौताको बिरोधमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाल, विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतले पनि विभिन्न बिरोधका कार्यक्रम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *