१७ चैत २०७९, शुक्रवार

‘कम्युनिस्टको वृद्धभत्ता लिन्न’

वीरेन्द्र राजाले उमेर थप्न सुझाए र सोधे- ‘नौ स’ भनेको के हो ?

 आधुनिक नेपालको इतिहासमा ०५१ मंसिर १४ गते एउटा पहिलो रेकर्ड बनेको थियो । नेपालमा मात्र नभएर दक्षिण एशियामै पहिलो पटक कम्युनिस्ट पार्टीले चुनाव जितेर सरकार गठन गरेको थियो । पहिलो कम्युनिस्ट सरकारका प्रधानमन्त्री र अर्थमन्त्री सहोदर दाजुभाइ बन्नु अर्को संयोग थियो ।
त्यही पहिलो कम्युनिस्ट सरकार अनि तीनै दाजुभाइले अर्को रेकर्ड राखे, जसलाई विपक्षीले समेत निरन्तरता दिन बाध्य भए । त्यो थियो- ७५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता सरकारले दिने । र,त्यही वृद्धभत्ताका आर्किटेक्ट थिए-पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारी ।
संसारभर कम्युनिस्ट सत्ताहरु ढलिरहेको र नेपालमा समेत कम्युनिस्टले जिते भने ६० वर्षमाथिका बुढाबुढीलाई गोली ठोकेर मार्छन् भन्ने प्रचार गाउँ गाउँमा गरिएका बेला तत्कालिन नेकपा एमालेले सरकार बनाउने मौका पाएको थियो । ०५१ मंसिरको मध्यावधी निर्वाचनमा सत्तारुढ कांग्रेसलाई पराजित गर्दै एमाले ठूलो दलका रुपमा सत्तामा पुग्यो ।
बुढाबुढीलाई मार्छ भन्ने आरोप खेपेको पार्टीले बनाएका प्रधानमन्त्री मनमोहन अधिकारी र सहोदर भाइ भरतमोहन अधिकारी दुबैजना उमेरले ६० नाघेका थिए । त्यही सरकारले ल्याएको पहिलो बजेटमा बृद्दभत्ताको व्यवस्था गरियो । जेष्ठ नागरिकलाई निवृत्ति भत्ता दिनुपर्छ भन्ने विचार र कार्यक्रमलाई पारित गराउने पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अब सम्झनामा सीमित भएका छन् ।
पार्टी बैठकभित्र के भयो भनेर सोध्नसाथ उनको एउटै जवाफ हुन्थ्यो- हलो,..मैले सुनिन है । जतिपटक सोधे पनि उनी ‘ल है त’ भनेर फोन ढ्याक्क राख्थे । त्यसैले पत्रकारले औपचारिक सूचनामा कोट गर्ने बाहेक भरतमोहनसँग अनौपचारिक सूचना पाउने अपेक्षा नै राख्दैनथिए । तर, विपक्षीलाई प्रहार गर्ने वा नीतिगत कुरा गर्ने सन्दर्भमा भने उनी पत्रकारका लागि सहज उपलब्ध हुने पात्र थिएपत्रकारसँग भरतमोहनका किस्सा
यो पंक्तिकारले पत्रकारिता शुरुआत गर्दा भरतमोहन लोकप्रिय र सफल अर्थमन्त्रीका रुपमा सरकारबाट बाहिरिँदै थिए । त्यसयता साप्ताहिक,दैनिक पत्रिका र टेलिभिजन हुँदै अनलाइनखबरसम्म आइपुग्दा उनीसँग निरन्तर संवाद चलिहन्थ्यो । समसामयिक विषयमा बोल्न मन लागेपछि उनी फोन गरिहाल्थे ।
‘मात्रिकाबाबु, मैले केही बोल्नैपर्ने भएको छ, फुर्सद छ भने घरमै आउनुस्’ उनको प्रायः संवाद यही हुन्थ्यो । रेकर्डर भरिञ्जेल पनि बोलिरहने र ‘पख्नुस, तपाईकोमा यो पनि जावस’ भनेर प्रसंगहरु थपिरहने उनको मौलिक शैली त्यो बेला एमाले र अर्थविट हेर्ने पत्रकारबीच सधैं चर्चामा हुन्थ्यो । उनको अर्को मौलिकता के पनि थियो भने, पार्टीभित्रका विवादका विषयमा उनी कहिल्यै बोल्दैनथिए ।
तत्कालीन एमालेमा ठूला ठूला विवाद हुँदा स्थायी कमिटी बैठक बस्थे । स्थायी कमिटी सदस्यहरु प्रायः मिडिया सम्पर्कमा नरहँदा सबै पत्रकारको गन्तव्य हुन्थे भरतमोहन । त्यो बेला उनी कलंकीमा डेरा बस्थे । उनको घरको फोन प्रायः एक घण्टीमै उठ्थ्यो । पत्नी सविता वा पीए गणेशले उठाएर उनलाई दिन्थे ।
तर, पार्टी बैठकभित्र के भयो भनेर सोध्नसाथ उनको एउटै जवाफ हुन्थ्यो- हलो,..मैले सुनिन है । जतिपटक सोधे पनि उनी ‘ल है त’ भनेर फोन ढ्याक्क राख्थे । त्यसैले पत्रकारले औपचारिक सूचनामा कोट गर्ने बाहेक भरतमोहनसँग अनौपचारिक सूचना पाउने अपेक्षा नै राख्दैनथिए । तर, विपक्षीलाई प्रहार गर्ने वा नीतिगत कुरा गर्ने सन्दर्भमा भने उनी पत्रकारका लागि सहज उपलब्ध हुने पात्र थिए ।
उनी पत्रकार भनेपछि कुरा गर्थे । तर, त्यही पत्रकारले पटक-पटक उनीसँग परिचय दिनुपथ्र्यो । नामसम्म सम्झिए पनि अनुहार बिर्सने उनको बानी पत्रकारहरुबीच अर्को चर्चित किस्सा थियो । कयौं पटक उनले यो पंक्तिकारलाई फोन गरेर बोलाउँथे । तर, घरभन्दा बाहिर वा भीडभाडमा भेट्दा आफूले चिनाउनुपथ्र्यो । यद्यपि पछिल्लो समय यो पंक्तिकारको हकमा उनको त्यो समस्या रहेन ।प्रायः शीर्ष र शक्तिशाली नेताहरु जोसुकै पत्रकारसँग कुरा गर्दैनन् । अनौपचारिक सूचना लिन त पत्रकार र ती नेताबीच वर्षौं पूरानो सम्बन्ध र विश्वास हुनुपर्छ । भरतमोहन भने सबै पत्रकारका लागि उपलब्ध हुने नेता थिए । तर, उनीबाट औपचारिक सूचना वा ‘कोट’ वा टेलिभिजनले ‘बाइट’ पाउने बाहेक भित्री सूचनाहरु पाउन सम्भव थिएन ।गोपनियता कायम गर्ने स्वभावकै कारण अधिकारी पार्टीभित्र सधैं नेतृत्वको विश्वासमा रहे भने गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सूर्यवहादुर थापा जस्ता विपक्षी नेताहरुको पनि विश्वास जितेका नेता थिए ।।
मातृकाप्रसादले कम्युनिस्टको वृद्धभत्ता लिन्न भने
तीन महिनाअघि अनलाइनखबरकर्मी भरतमोहनको सानेपास्थित निवासमा पुग्दा उनी घरको छतबाट हाम्रो बाटो हेरिरहेका थिए । कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकारले ९ पार गरेको सन्दर्भमा हामी पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री अधिकारीसँग त्यो नौ महिना र यो नौ महिनाको समीक्षा गर्न चाहान्थ्यौं । उनले त्यो नौ महिने सरकारले वृद्धभत्ता शुरुआत गर्दाको क्षण यसरी सम्झिएका थिए-
हामीले लोककल्याणकारी राज्य के हो भनेर मोडल प्रस्तुत गर्न खोजेका थियौं । लोककल्याणकारी राज्य भनेकै के हो भने, ठूला विकासका परियोजनाहरु बन्नुपर्छ र सँगसँगै गाउँघरका कुवा पनि बन्नुपर्छ । लोककल्याणकारी राज्यमा हरेक नागरिकलाई लोकतन्त्रको अनुभूति हुनुपर्छ । त्यहि भएर मैले बुढाबुढीलाई बृद्धभत्ता दिन शुरु गरेको हो ।
त्यो बेला बृद्धभत्ता शुरु गर्दा हामीले धेरै ठूलो अवरोधको सामना गर्नुपरेको थियो । कांग्रेस र राप्रपाले हंगामा मच्चाए । संसदलाई मलाई कुटौंला जस्तो गरे । राज्यको पैसा कनिका छरेको आरोप लगाए । हिसाब किताब राख्न नजान्ने मान्छेलाई गाउँ-गाउँमा पैसा पठाउने ? भनेर ठूलो आलोचना भयो ।
त्यो बेला स्थानीय निकायमा कांग्रेसको बर्चश्व थियो । उसले आफ्ना निर्वाचित गाविस अध्यक्षहरुलाई एमालेले दिएको बजेटले विकास नगर्नू भन्यो । मातृकाप्रसाद कोइराला भूपू प्रधानमन्त्रीले यो कम्युनिस्टले दिएको बृद्धभत्ता लिन्न भने । उनको वक्तव्य नै आयो । आम जनतामा राम्रो छाप परेपछि अरुले बिरोध गरेको अर्थ नहुने रहेछ ।
बरु मलाई राजा वीरेन्दले चाहिँ बृद्धभत्ता दिने कुरा ठीक छ, तर उमेर चाहिँ ७५ बनाऊ भनेर सुझाव दिए । हाम्रो प्रस्ताव ७० वर्षका लाई दिने भन्ने थियो । राजाले ७५ गर्नुस यो राम्रो कार्यक्रम हो, तर अहिले शुरुवात चाहिँ ७० बाट नगर्नुस भने । त्यही सुझाव मानेर हामीले ७५ वर्ष पुगेकाबाट शुरु गरेको हो बृद्धभत्ता ।
एमालेका त्यही सरकारले कालिगण्डकी जलविद्युत आयोजना शुरु गरेको थियो । सँगसँगै ‘नौ स’ नामको नयाँ कार्यक्रम पनि ल्याएको थियो ।  देशमा पूर्वाधारको विकास,ठूला जलविद्युत आयोजनाको विकास जति जरुरी छ त्यतिनै गाउँमा साना सिन्चाइ कुलो बन्नु पनि जरुरी छ भनेर उनले यो कार्यक्रम ल्याएको बताएका थिए ।
अधिकारीले भनेका थिए- यो कुरा तत्कालीन राजा वीरेन्द्रले पनि खुब चाख मानेका थिए । त्यो बेला बजेट पेश गर्नुअघि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई लिएर राजाकहाँ जानुपर्ने र बजेटका मुख्य शीर्षकबारे जानकारी दिनुपर्ने प्रचलन थियो । मनमोहनजीले मलाई लिएर दरबारमा जानुभयो । मैले नौ स को कुरा गरेपछि राजाले यो नौ स भनेको के हो मन्त्री ? भनेर सोधे ।
मैले भनें- हरेक निर्वाचन क्षेत्रलाई सवा करोड दिने भएँ । त्यसबाट तीन सवा तीन अर्ब जाने भयो गाउँमा । यसको अर्थ के भने कालिगण्डकी परियोजना पनि बन्नुपर्‍यो र गाउँमा पनि कुलो बन्नुपर्‍यो । कालिगण्डकी पनि बनोस,बर्दियाकी एउटी महिलाले मेरो खेतमा पनि कुलो आउँदैछ भन्ने अनुभूति गरुन् ।
लोककल्याणकारी राज्यले ठूला पूर्वाधारमात्र होइन आम मान्छेको आवश्यकतामा पनि ध्यान दिनुपर्छ भनेपछि राजाले नौ स मलाई मन परेको कार्यक्रम हो भने । तर हामीलाई त भदौमा हटाइहाले । शेरबहादुर प्रधामन्त्री भए, रामशरण महत अर्थमन्त्री भए । रामशरणले संसदमै कुर्ली कुर्ली ‘भरतमोहनको नौ स खारेज गरेको छु’ भने ।
गाउँ विकासको आधारशीला
नेपालको इतिहासमै तत्कालिन एमाले नेतृत्वको ९ महिने अल्पमतको सरकारलाई सुशासन र जनपक्षीय कामका हिसाबले सबैभन्दा सफल सरकारका रुपमा लिइने गरिन्छ । त्यही सरकारले पहिलोपटक आफ्नो गाउँ आफैं बनाउँ भन्ने नविन कार्यक्रम सहित प्रत्येक गाविसमा ३ लाख रुपैयाँ विकास बजेट पठाएको थियो ।
नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारसँग मनमोहन र भरतमोहन अधिकारी परिवारको पारिवारिक नाता थियो । देशका तीन प्रधानमन्त्री जन्माउने पिताजी कृष्णप्रसाद कोइरालाका भान्जाका छोरा थिए भरतमोहननेपालका गाउँपाखामा धारा, कुलो पैनी र धुले सडक निर्माणको जग त्यहि बजेटले निर्माण गरेको थियो । यसका साथै ९ सको कार्यक्रम अर्को नयाँ प्रयोग थियो । त्यही सरकारको नेतृत्व गरेका कारण मनमोहन अधिकारी आजपर्यन्त स्मरणीय छन् । र, त्यो सरकारलाई लोकप्रिय बनाउने बजेट र कार्यक्रमका प्रणेता थिए भरतमोहन ।
त्यसबेला प्रमुख प्रतिपक्षले कम्युनिस्ट सरकारमाथि राष्ट्रको ढुकुटी कनिका छरेको जस्तो गाउँ गाउँमा बाँडेको आरोप लगाएको थियो । तर, ९ महिनापछि बनेको गैरकम्युनिस्ट सरकारले पनि भरतमोहनले ल्याएका बजेट कार्यक्रम खारेज गर्न सकेन । गाउँ गाउँमा ३ लाख होइन ५ लाख र वृद्ध भत्ता १ सयबाट २ सय बनाउन कांग्रेस बाध्य भयो ।
यदि सरकारले योजना बनाएर लोककल्याणकारी कार्यक्रम ल्याउने हो भने विपक्षले पनि त्यसलाई निरन्तरता दिन बाध्य हुन्छ भन्ने उदाहरण स्थापित गरेका थिए अधिकारीले । अर्थतन्त्रमा सुधार ल्याउने अर्थमन्त्रीका रुपमा भरतमोहनलाई सबैले सम्झिनेछन् ।
एमालेले पटक पटक सरकारमा जाने मौका पाउँदा भरतमोहन प्रायः छुटेनन् । उनी उपप्रधानमन्त्री सहित चारपटक अर्थमन्त्री भए । तत्कालीन नेकपा एमालेमा सधैं उनी प्रभावशाली नेताका रुपमा रहे । ०७१ सालको एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेर हद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश भए ।
कोइरालाका नातेदार, भाकपाका सदस्य
नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारसँग मनमोहन र भरतमोहन अधिकारी परिवारको पारिवारिक नाता थियो । देशका तीन प्रधानमन्त्री जन्माउने पिताजी कृष्णप्रसाद कोइरालाका भान्जाका छोरा थिए भरतमोहन । महोत्तरीको भ्रमपूरा गाउँमा विसं १९९३ वैशाख २२ गते जन्मिएका थिए भरतमोहन अधिकारी । कोइराला परिवारले स्थापना गरेको आदर्श विद्यालय विराटनगरमा उनले प्रारम्भिक शिक्षा लिएका थिए ।
दाजुहरु मनमोहन, कृष्णमोहन र जगमतमोहनपछि उनी जन्मिएका थिए । उनकी वहिनी सुशीला अधिकारी जीवितै छिन् । २००७ सालको क्रान्तिका बेला भरतमोहन कम्युनिस्ट पार्टीको सदस्य भइसकेका थिए । उनले नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघि नै भारतीय कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । किनकी त्यो बेला उनी पढ्नका लागि भारतमा थिए ।
उनले सन १९५२ मा १६ बर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएको उल्लेख गरेका छन् । अधिकारी विसं २००८ मा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष थिए । उनकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आदर्श स्कुलको बोर्ड राखिएको थियो ।
नेपालमा राणा शासन ढलेपछि उनी नेकपाको सदस्य बने । ०१३ सालदेखि ०७१ सम्म लगातार करीव ६० वर्षसम्म कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वमा रहेका अधिकारी दोस्रो संविधानसभासम्म जनप्रतिनिधिका रुपमा पनि थिए । उनी २०४८, ०५१ र ०५६ मा लगातार मोरङबाट सांसद जिते । ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि उनले प्रत्यक्ष निर्वाचनमा भाग लिएनन् ।पहिलो पुस्ताका कम्युनिस्ट

अधिकारीले वि.सं. ०१५ मा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र बिरुद्ध कु गरेपछि उनले सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रवृत्ति त्यागेर सकृय राजनैतिक संघर्ष रोजेका थिए । अधिकारीले ०१८ सालदेखि कोशी प्रान्तिय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका थिए ।
भरतमोहनका समकालीन नेता कोइराला परिवारका एकमात्र कम्युनिस्ट कमल कोइरालाका अनुसार उनी साइकल चढेर गाउँ-गाउँमा कम्युनिष्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले ०१९ मा नेकपाको तेस्रो महाधिबेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्य सहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए ।
अधिकारी विवादमा परेको अर्को प्रसंग चाहिँ अन्तिमपटक अर्थमन्त्री हुँदाखेरि हो । मन्त्रीको दबाव थेग्न नसकेको भन्दै तत्कालीन अर्थ सचिव रामेश्वर खनाल अकास्मात राजीनामा दिएर ‘भूमिगत’ भए । यद्यपि मन्त्रीसँग के विषयमा विवाद परेको थियो र कुन दबाव थेग्न सकिन भन्ने कुरा खनालले अझैसम्म खुलाएका छैनन्अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भए । ०४७ सालमा तत्कालीन माले र मार्क्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि उनी चिनिन्छन् । ०४६ को पञ्चायत विरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रृय रुपमा भूमिका खेलका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायत विरुद्धको आन्दोलन सफल भएको थियो ।
नेकपा एमालेको पाँचौं, छैठौ, सातौं र आठौं महाधिबेशनबाट उनी लगातार स्थायी समितिमा निर्वाचित भएका थिए । ०७१ को नवौं महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए । पटक-पटक मन्त्री भएका उनले अर्थ, कानुन, निर्माण तथा यातायात मन्त्रालय सम्हालेका थिए ।
भरतमोहन अधिकारी चारपटक अर्थमन्त्री बन्दा दुईपटकमात्र विवादमा परे । तत्कालीन राजा ज्ञानेन्द्रले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि आन्दोलनरत एमाले प्रतिगमन आधा सच्चियो भन्दै ०६० सालमा देउवा सरकारमा गयो । त्यो बेला नेपाली कांग्रेस बिभाजित थियो । गिरिजाप्रसाद कोइरालाले देउवालाई स्वीकार गरेनन् ।
एमालेको जीवनमा देउवा सरकारमा सहभागी हुने निर्णय आजसम्म पनि गम्भिर भूल बनिरहेको छ । त्यही प्रतिगमन आधा सच्चिएको सरकारमा भरतमोहन अर्थमन्त्री हुँदा तत्कालीन शाहजादी हेलेन शाहलाई उपचार खर्च भनेर डेढ करोड दिने निर्णय मन्त्रिपरिषदले गर्‍यो । दरवारको दबाबमा देउवाले सो निर्णय गराए पनि भरतमोहन अर्थमन्त्री थिए ।
अधिकारीले पाँचतारे होटल अन्नपूर्णकी मालिकसमेत रहेकी हेलेनलाई उपचार खर्च दिने प्रस्ताव लैजान मानेनन् । तर, दरवार र देउवाका सामू आफू निरीह बनेको उनले आत्मकथामा पनि लेखेका छन् । उनले सो निर्णय हुनुपूर्व तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई यस्ता निर्णयको कलंक बोक्नुभन्दा सरकार छाडौं भन्ने प्रस्ताव समेत राखेको लेखेका छन् ।
अधिकारी विवादमा परेको अर्को प्रसंग चाहिँ अन्तिमपटक अर्थमन्त्री हुँदाखेरि हो । मन्त्रीको दबाव थेग्न नसकेको भन्दै तत्कालीन अर्थ सचिव रामेश्वर खनाल अकास्मात राजीनामा दिएर ‘भूमिगत’ भए । यद्यपि मन्त्रीसँग के विषयमा विवाद परेको थियो र कुन दबाव थेग्न सकिन भन्ने कुरा खनालले अझैसम्म खुलाएका छैनन् ।
भरतमोहन अधिकारी सक्रिय राजनीतिमा अवकाश भए पनि पार्टी र कम्युनिस्ट आन्दोलन तथा दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारलाई सफल बनाउन आफ्नो भूमिका खोजिरहेका थिए । उनले केपी ओली नेतृत्वको सरकार बनेपछि पटक-पटक प्रधानमन्त्रीलाई भेट्न खोज्दा पनि समय नपाएको गुनासो केही महिनाअघि अनलाइनखबरसँगै बताएका थिए ।
०४७ सालको संविधानका एक मस्यौदाकार समेत रहेका अधिकारी त्यसयता करीव २० वर्ष लगातार राजनीतिक शक्ति सन्तुलनको वरिपरि रहे । पार्टीमा सधैं उनको समन्वयकारी भूमिकाले अधिकारीलाई मूलधारमा राख्यो । माधव नेपाल नेकपा एमालेको महासचिव हुन्जेल विपक्षीसँगका वार्तादेखि राजासँग समन्वयमा समेत अधिकारी उनका प्रतिनिधि बनेर सहभागी हुन्थे ।
नेपाल एमालेको नेतृत्वमा हुन्जेल उनका दुई विश्वासिला नेता थिए अमृत बोहोरा र भरतमोहन अधिकारी । बोहोरा पार्टी संगठनमा र अधिकारी राज्यसत्ता तथा संसदीय संघर्षमा नेपालका प्रतिनिधि मानिन्थे । अहिले नेकपामा केपी ओलीले सुवास नेम्वाङलाई संसदीय मोर्चाको जिम्मेवारी सुम्पिए जस्तै माधव नेपालले अधिकारीले सुम्पिएका थिए ।

मात्रिका पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *