१७ चैत २०७९, शुक्रवार

कामदारसँगको प्रेमले श्रीमानको हत्या !

लामो समय प्रेम गरेर ११ वर्ष अघि विवाह गरेकी श्रीमती आफैले संचालन गरेको औषधी डिलरमा काम गर्ने कर्मचारीसंग नजिक भएको थाहा पाएपछि ३३ वर्षीय देवीप्रसाद दुलालले ती कर्मचारीलाई कामवाट निकालिदिएका थिए । विराटनगर महानगरपालिका–१० मधुमारामा औषधि पसल सञ्चालन गर्दै आएका दुलालको आफ्नै श्रीमतीले प्रेमीसंग मिलेर ज्यान लिइन् ।दुलालको उनकै वेडमा मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । मधुमारामा औ’षधि पसल चलाएका दुलालको घर भने सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छ । उनको २०७७ साल जेठ ४ गते राति ह’ ‘त्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।११ वर्ष अघि विवाह गरेकी श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ (दुलाल) को आफ्नै पसलमा काम गर्ने सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहसंग प्रेम बस्यो । यो कुरा श्रीमानले थाहा पाए । घर भित्रकै कुरा भनेर उनले साहलाई कामवाट निकालिदिए श्रीमतीलाई पनि सजग गराए । तर श्रीमतीले भने आफ्नो प्रेममा बाधक बनेको महशुष गरेर प्रेमीसंग मिलेर श्रीमानकै ज्यान लिइन् ।सो घटनामा अदालतले मीना र उनका प्रेमी साहलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले दुवै जनालाई ज’न्मकैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार बिहीबार आएको फैसला अनुसार मीना र ब्रह्मदेवले २५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ ।घटनामा सहयोग पुर्याएको आरोप लागेका इटहरीका २० वर्षीय सोनुकुमार साहको सजाय निर्धारणका लागि पछि छुट्टै सुनुवाइ हुने सूचना अधिकारी बुढाथोकीले बताए ।
यसरी बनेको थियो हत्याको योजना
शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । साथी पुगेपछि दुलालले खानापानको व्यवस्थापन गरे । दुईजना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए ।मदिरा सेवन गरेका दुलाल कोठामा सुत्न गए । मीना र दुलाल एउटै कोठाको छुट्टा छुट्टै खाटमा सुत्छन् । श्रीमान सुत्न गएपछि ब्रम्हदेवलाई बोलाउँछिन् । न्यूरो अस्पतालको फेसबुक फार्मेसी अगाडि मोटरसाइकल राखेर पैदल दुलालको डेरा पुगेका ब्रम्हदेव र सोनुलाई सिँढीमा लुक्न लगाउँछिन् ।
आधा घण्टापछि मीनाले इसारा गर्दै ढोका खोल्छिन् । भित्र कोठामा दुलाल सुतिरहेका थिए । मदिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले कस्छन् ।सोनुले उनको खुट्टा समात्छन् । यो बीचमा दुलालले प्रतीकार गर्न खाजेका छन् । प्रतीकार गर्दा उनको निधार झ्यालमा ठोक्किएर चोट लागेको थियो भने घाँटीमा कस्सिएको डोरी चुँडिएको थियो ।दुईजनाले हत्या गरिरहँदा श्रीमती मीनाले पनि सघाइन् । सास चल्न बन्द भए पनि उनीहरूले ब्रम्हदेव र सोनुले छाड्दैनन् । पेट र शरीरका अन्य भागमा लात्तीले हान्छन् ।
हत्याका क्रममा संघर्ष चल्दा दुलालको घाँटीमा गहिरो डाम बसेको थियो । डाम देखिएपछि छोप्न भन्दै मीनाले एक बट्टा पोन्ड्स पाउडर लगाइदिइन् । ११ बजेदेखि करिब आधा घण्टाको प्रयासमा दुलालको ज्यान गयो । तर हत्यापछि तीनजना दुई बजेसम्मसँगै बसे ।२ बजेपछि सोनु र ब्रम्हदेव निस्किएपछि मीनाले छिमेकी र देवीप्रसादका साथीलाई फोन गरी श्रीमान अचेत छन् भन्दै बोलाइन् । एम्बुलेन्समा हालेर गोल्डेन अस्पताल ल्याएका थिए । अस्पतालले मृत घोषणा गरेपछि मीना रुन थालेकी थिइन् ।
प्रहरीका अनुसार चार वर्षअघिदेखि पाँच महिनाअघिसम्म ब्रम्हदेव दुलालको माँ देवी पाथिभरा फर्मामा काम गरे । यो बीचमा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढेको थियो ।श्रीमतीसँगको सम्बन्ध थाहा पाएका कारण श्रीमान्–श्रीमतीमा बेमेल थियो । आफ्नो श्रीमानले गरेको व्यवहार मीनाले ब्रम्हदेवलाई सुनाउँथिइन् । उनले श्रीमानलाई सबक सिकाउने योजना रहेको बताउँथिइन् । ब्रम्हदेवले गत माघमा विवाह गरेको थिए । तर मीनासँगको संवाद निरन्तर चलिरहेको थियो ।
शनिबार राति एउटा बेडमा श्रीमती मीना र ८ वर्षीय छोरा सुतेका थिए । दुलाल छुट्टै बेडमा सुतेका थिए । दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।मीना श्रेष्ठसँग उनले १० वर्षअघि प्रेम विवाह गरेका थिए । उनका ८ वर्षीय छोरा छन् । उनीहरू वैदेशिक रोजगारीका लागि डेनमार्क पनि पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *