१६ चैत २०७९, बिहिवार

गायक विष्णु खत्री सक्रिय राजनीतिमा !

चर्चित लोक दोहोरी गायक विष्णु खत्री सक्रिय राजनीतिमा आएका छन् । नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा निर्वाचित भएर राजनीतिमा सक्रिय हुने भएका हुन् । सो कमिटीको अध्यक्षमा भने तिलक उप्रेती सर्वसम्मत चयन भएका छन् ।
उप्रेतीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरिएको नेकपा माओवादी केन्द्र बागलुङको जिल्ला प्रमुख ज्ञामनाथ गैरेले बताए। यसै गरी नगर समितिको उपाध्यक्षमा विष्णु खत्री, गंगा भुजेल , ललित श्रीस, सचिवमा चन्द्र दत्त रेग्मी कोषाध्यक्षमा कौसिला घर्ती, सहसचिव भिम बहादुर विश्वकर्मा चयन भएका छन्।

नव निर्वाचित कार्यासमितिलाई नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं इन्चार्ज बलावति शर्मा, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक अनिल गैरेले शुभ कामना मन्तव्य र नवनिर्वाचित अध्यक्ष तिलक उप्रेतीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *