सपना क्षेत्री
मोदी गाउँपालिका-८, चित्रेमा शिक्षा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । तमु बहुउद्देश्यीय सामुदायिक भवनको सभाहलमा फाल्गुन ५ गतेदेखि शुरु भएको कार्यक्रम ७ गते समापन भएको हो ।
“शैक्षिक रुपान्तरणको आधार, शिक्षण सिकाईमा सुधार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै वाड नम्बर ८ चित्रेभित्र रहेका विद्यालयका प्रधानअध्यापक, शिक्षक, ब्यवस्थापन समितिका सदस्यहरु र राजनैनिक दलका सदस्यहरुलाई तीन दिने अभिमूखिकरण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मोदी गाउँपालिकाका शिक्षा तथा खेलकुद अधिकृत झकप्रसाद गौतमले शिक्षा क्षेत्रको लगानी शिक्षा क्षेत्रमै गर्न सके शिक्षाको स्तरउन्नतिले छिटो फड्को मार्ने बताउनुभयो । “शिक्षा क्षेत्रमा भनेर आएका बजेटहरु अन्य क्षेत्रमा लगानी भएको छ, त्यसलाई रोकेर शिक्षामा नै लगानी गर्न सकेमात्र पनि शिक्षा क्षेत्र अगाडि बढ्ने थियो” गौतमको भनाई थियो । भौतिक, आर्थिक र प्राविधिक कुराहरुमा सुधार गरेर नागरिकहरुको जीवनस्तर उकास्न सरोकारवालाहरुले जोड दिएका थिए । गाउँपालिका-८ नम्बर वडाको आयोजना, बालमैत्री स्थानीय शासन ८ नम्बर वडा समितिको ब्यवथापनमा सम्पन्न कार्यक्रमको सहजीकरण राजेन्द्र पहाडीले गर्नु भएको थियो ।
वाड अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वाड सचिव कमल पौडेलले गरेका थिए ।