२३ जेठ २०८०, मंगलबार

जन्मदिनको अवसरमा विपन्नहरुलाई सहयोग !

सपना क्षेत्री

आफ्नो जन्मदिनको अवसरमा कतिले पार्टी उत्सव गरेर अनवस्यक फजुल खर्च गर्छन् त कतिले मान्यजनको आशीर्वाद थापेर त्यो दिनलाई विशेष बनाउन खोज्छन् । तर पर्वतका एक युवाले आफ्नो जन्मदिनको अवसरमा गर्ने फजुल खर्च जोगाएर विपन्न ब्यक्तिहरुलाई सहयोग गरेका छन् ।


पर्वत पाङ्का सुरेश घतान हाल रोजगारीको शिलशिलामा दुबैमा बस्छन् र पनि उनको मन आफ्नै गाउँठाउमा भौतारिरहेको हुन्छ । उनै सुरेशले आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्च जोगाएर रु १५,०००/- विपन्न ब्यक्तिहरुलाई सहयोग गरेका हुन् । मोदी गाउँपालिका-८, चित्रे निवासी मनबहादुर विकको परिवारलाई रु ५,०००/- सहयोग गरेका हुन् ।

विकको परिवारवारको अवस्था बारे केही समय पहिले बुलबुल साप्ताहिक समाचारपत्र र बुलबुल अनलाइनले समाचार प्रकाशन गरेको थियो । घतानले पठाएको आर्थिक सहयोग रकम पत्रकार सपना क्षेत्रीले विकको परिवारलाई घरमै पुगेर हस्तान्तरण गरेकी थिइन् । शिवालय उच्च माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको सहयोगका लागि गौरी विकको सहयोगमा प्रअ भूपेन्द्र चापागाईंलाई रु ५,०००/- हस्तान्तरण गरिएको थियो । त्यसैगरी भूकम्पमा परेर घाइते भएका ७ महिनाका वालक दिप्शन क्षेत्रीलाई रु ५,०००/- हस्तान्तरण गरिएको थियो । भूकम्प पीडित दिप्शन हाल बालकान्ति अस्पताल काठमाडौंमा उपचाररत छन् ।
आफू परदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा रहेका पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको सुरेशले बताए । आगामी दिनहरुमा पनि आफू विभिन्न खाले सामाजिक क्षेत्रमा संलग्न हुने उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *