जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव कार्यक्रमको तिव्र तयारी गरिएको छ । फलेवास नगरपालिका-६, देविस्थानमा अवस्थित जिल्लाकै जेठो क्याम्पसको यहीँ फागुन १६ गते वार्षिकोत्सव मनाउन लागिएको हो ।
कार्यक्रमको उद्घाटन संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नुहुनेछ । उत्सव कार्यक्रमका लागि विभिन्न उपसमिति निर्माण गरि कार्यक्रमको तिब्र तयारी गरिएको क्याम्पस प्रमुख हेम शर्मा रेग्मीले जानकारी दिनुभयो । विगतका बर्षहरुमा भन्दा यो बर्ष वार्षिकोत्सव कार्यक्रम विषेश तरिकाले मनाउन लागिएको र कार्यक्रममा सरोकारवाला सबैलाई निमन्त्रणा गरिएको क्याम्पस प्रमुख रेग्मीको भनाइ रहेको छ । शैक्षिक, सामाजिक तथा राजनैतिक व्यक्तिहरु, क्याम्पसका संस्थापक, पूर्व तथा वर्तमान संचालक समिति, चन्दादाता, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार, समाजसेवी बुद्धिजीवि लगायत सबैलाई पत्राचार गरि निमन्त्रणा निमन्त्रणा गरिएको जनसम्पर्क समितिका सभापति दामोदर पौडेलले बताउनुभयो । कार्यक्रम उपस्थित भै कार्यक्रम सफल पार्नका लागि उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न पार्नका लागि विभिन्न १३ उपसमिति निर्माण गरिएको छ । ठाकुरप्रसाद भुसालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्राध्यापक लालप्रसाद शर्माको संयोजकत्वमा क्याम्पसको स्मारिका प्रकाशन उपसमिति, सन्तोष गौडेलको संयोजकत्वमा मंच व्यवस्थापन समिति, निर्मला नेपालीको संयोजकत्वमा मातृशक्ति परिचालन समिति, नवीन कुमार श्रेष्ठको संयोजकत्वमा जनशक्ति परिचालन समिति, नारायण प्रसाद श्रेष्ठको संयोजकत्वमा अतिथि व्यवस्थापन समिति, विक्रम कुवँरको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति, उत्तमराज घिमिरेको संयोजकत्वमा मानसम्मान समिति, दामोदर शर्माको संयोजकत्वमा निमन्त्रणा तथा जनसम्पर्क समिति, कृष्णकुमारी थापाको संयोजकत्वमा प्राथमिक उपचार समिति, भरत श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार समिति र रमेश चपाईको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन समिति निर्माण गरिएको छ ।