३ चैत २०७९, शुक्रवार

पिपिएलए अध्यक्षमा जनकल्याण पराजुली !


प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) कास्की अध्यक्षमा अधिवक्ता जनकल्याण पराजुली निर्वाचित भएका छन्। पाेखरामा शनिबार भएकाे चाैथाे अधिवेशनले पराजुलीकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

समिति उपाध्यक्षमा भगवती पहारी, सचिव मदनप्रसाद तिवारी, महिला सचिव भुवन पराजुली, काेषाध्यक्ष कृष्णकुमार श्रेष्ठ छन्। सदस्यमा विष्णुप्रसाद अधिकारी, उमकान्त पाैडेल, शंकर सैंजु, ईश्वर परियार, दीपा काेइराला, सुरेन्द्र श्रेष्ठ, याेगेन्द्रबहादुर केसी, पुष्पप्रसाद पराजुली, रामचन्द्र सुवेदी र मेघमणि पाैडेल चयन भए।
समितिकाे कार्यकाल २ वर्षकाे हुनेछ। अधिवेशनले १९ सदस्यीय केन्द्रीय प्रतिनिधि समेत चयन गरेकाे छ।

प्रमुख अतिथि वरिष्ठ अधिवक्ता हरि सुवेदीले अधिवेशन उदघाटन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *