१६ असार २०७९, बिहिवार

राप्रपा नेपालको अध्यक्षमा कमल थापा !

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिनुभएको छ ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो । 
राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताउनुभएको छ ।
राप्रपाका अध्यक्ष लिङ्देनले आफ्नो आधिकारिक फेसबुकमा पूर्व अध्यक्ष थापालाई राप्रपा नेपालको अध्यक्ष भएकोमा बधाई तथा शुभकामना समेत ब्यक्त गरेका छन् ।

थापाले आज आइतवार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.