साहित्य शृंखला पोखराको अधिवेशनले लक्ष्मी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।
संस्थाको शनिबार भएको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा ताराप्रसाद तिमिल्सिना, सचिव काजी गाउँले, सहसचिव सन्तोष न्यौपाने र कोषाध्यक्ष लक्ष्मण गौतम चुनिए । सदस्यमा विकास लुङ्गेली, लीला पण्डित, गीता तिवारी, विष्णु सुवेदी, भक्त रसाइली र वीरेन्द्र सूर्यवंशी छन् ।
नवनिर्वाचित अध्यक्ष थापाले प्रगतिशील लेखनमाथि लागेको कोरा नाराको आरोपलाई चिर्दै कला र विचारको संयोजनको लागि अथक प्रयास गर्ने प्रतिवद्धता गरिन् । उनले भर्खर बामे सर्दै गरेका लेखकहरुलाई प्रोत्साहनसहित साहित्यबारे छलफल, विमर्श गरी अघि बढ्ने जनाइन् ।
समारोहमा आलोक शृंखला १५ र साहित्यकार लोकनाथ पुडासैनीको कविता संग्रह सिरानमा बस्नेहरु सार्वजनिक गरिएको थियो ।