सुनिल दामल
पीपलको रुखबाट खसेर एक कामदारको मृत्यु भएको छ । बेनी नगरपालिका-७, विरेन्द्र चोकको पीपलको रुखका हाँगाहरु काट्न रुख चढेका ५१ वर्षिय थमबहादुर पुन अन्दाजी दिनको १२/४५ बजे रुखबाट खसेका थिए् । रुखबाट खसेका पुनलाई तत्कालै बेनी अस्पताल लगिएको थियो ।
चोकमा अवस्थित पीपलको रुखका हाँगाहरु बढेर घरहरुमाथि पुगेपछि बेनपा—७ टोल सुधार समितिको अनुरोधमा बेनी नगरपालिकाले पीपलको रुखको हाँगाहरु काट्न लगाएको थियो । पीपलको हाँगा काट्नका लागि मृतक पुन बिना सेफ्टी पीपलको रुखमा चढेका थिए ।
मालिका गाउँपालिका-२ रुम निवासी पुन पाँच वर्षदेखि मल्लाज भाडामा बस्दै आएका थिए । ज्याला मजदुरी गरेर जिविकोपार्जन गदै आएका पुनको श्रीमती र दुई छोरीहरु रहेका छन् ।