१७ चैत २०७९, शुक्रवार

“वेल कम एमसीसी” भन्दै जब सडकमा

अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा नयाँ बानेश्वरमा रहेको संसद् भवन अगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि प्रदर्शन गरिएको छ । 
स्वतन्त्र नागरिक समाजको आयोजनामा आज बुधवार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 
सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज काठमाण्डौको यातायात सेवा प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *