९ चैत २०७९, बिहिवार

वैकल्पिक विद्यालयलाई जेसीजको आर्थिक सहयोग !


औपचारिक शिक्षा हासिल गर्नबाट बन्चित भएका महिला अध्ययनरत उज्यालो वैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले १ लाख आर्थिक सहयोग गरेको छ । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय नभई घरमा बसेकालाई लक्षित गरी स्थापना भएको विद्यालयमा१ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष सन्दिप खत्री सहितको टोलीले विद्यालयका का.वा. अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरिएको थियो। हाल कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयबाट २०७७ को एसईईमा ७ जना आमाहरुले एसईई उत्तिण गरिसक्नुभएको छ । हाल उक्त विद्यालयमा आर्थिक संकट आई सञ्चालनमा कठिनाई भएपछि आर्थिक सहयोग गरिएको म्याग्दी जेसीजका अध्यक्ष खत्रीले बताउनुभयो ।
आमाहरुले पढ्ने विद्यालयलाई नमुना बनाउन हामीले सानो सहयोग गरेका छौ,‘भविस्यमा पनि निरन्तर साथ र सहयोग हुन्छ’ अध्यक्ष खत्रीले भन्नुभयो । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *