बेनीका एक विद्यालयका शिक्षकले विद्यार्थी आफ्ना विद्यार्थीलाई लौराले निर्घात कुटपिट गरेर करङ भाँचिदिएका छन् । बेनी नगरपालिका-७ मा अवस्थित प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नवीन घिमिरेले कक्षा १० मा अध्ययनरत राजन पौडेललाई कुटेर करङ भाँचेका हुन् ।
कक्षा कोठामा पढाउने क्रममा हल्ला गरेको भन्दै विद्यार्थी पौडेलमाथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकको कुटपिटबाट विद्यार्थीको एउटा करङ भाँचिएको छ भने टाउकोमा समेत चोट लागेको छ ।
बेनी अस्पतालमा उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको छ । एक्सरे रिर्पोटमा समेत करङमा असर देखिएको छ । विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारवाही र उपचार खर्च उपलब्ध गराउनका साथै पठनपाठनमा पर्ने असरका बारेमा समेत विद्यालयमै पुगेर सचेत गराएका छन् ।