३ चैत २०७९, शुक्रवार

समाजवादीले एमसीसी सम्झौताको विरोधमा सभा गर्दै !

नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा आज देशव्यापी आन्दोलनको घोषणा गरेको छ । 

बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । उक्त दिन दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख तथा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभयो । विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो । 

सरकारले अब बस्ने संसद बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । तर सत्ता गठबन्धनभित्रै पनि एमसीसीका बारेमा मतान्तर रहेको छ । सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ । तर एमसीसी मुख्यालयले हुबहु सम्झौता पास गर्न फागुन १६ को समयसीमा समेत तोकेर ताकेता गरेपछि नेपालका दलहरु आन्दोलित बनेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *