१६ चैत २०७९, बिहिवार

२०७९ सालमा साढेसाती शनि र यसको प्रभावः 

श्रीकृष्ण भुषाल

२०७९ सालको बर्षारम्भबाट माघ २६ गतेसम्म शनिदेव मकर राशिमा रहने छन् । यस सालमा कुम्भ, मकर र धनु राशिहरुलाई कमशः आद्य, मध्य र अन्त्य साढेसाती शनि र मिथुन तथा तुला राशिलाई अढैया शनि दशा रहने छ । माघ २७ गतेबाट मकर, कुम्भ र मिन राशिलाई क्रमशः आद्य, मध्य र अन्त्य साढेसाती र कर्कट तथा बुश्चिक राशिलाई अढैया शनि दशा शुरु हुनेछ ।

ज्योतिषका अनुसार नवग्रहमध्ये एउटा ग्रह हो शनि । शनिको साढे सात वर्ष चल्ने एक प्रकारको दशालाई साढे साती दशा भनिन्छ । ज्योतिष तथा खगोलशास्त्रको नियमअनुसार सबै ग्रहको एउटा राशिले अर्को राशिको भ्रमण गर्छ । यसैप्रकार जब शनि ग्रह लग्नबाट बाह्रौँ राशिमा प्रवेश गर्छ । र उक्त राशिबाट अर्को दुई राशिलाई भ्रमण गरेर आफ्नो समय चक्र पूरा गर्छ । शनि सुस्त गतिमा चल्छ त्यसैले यसले एउटा राशिमा लगभग साढे २ वर्ष लगाउँछ । यसैप्रकार साढे सात वर्षको अवधिलाई साढे साती भनिन्छ । 

साढे साती सुरु कसरी हुन्छ भन्ने बारेमा अलग अलग धारणा पाइन्छ । एक प्राचीन मान्यता अनुसार जुन दिन शनि कुनै विशेष राशिमा पुग्छ त्यसै दिनबाट साढे साती सुरु हुन्छ । साथै, अन्य मान्यता अुनसार शनि जन्म राशिपछि जुन राशिमा प्रवेश गर्छ उक्त राशिको साढे साती सुरु हुन्छ । 

ज्योतिष शास्त्रका अनुसार अलग-अलग राशिका व्यक्तिलाई यसको प्रभाव पनि अलग-अलग हुन्छ । कुनै व्यक्तिलाई साढे साती आरम्भ हुनुभन्दा पहिले यसको संकेत प्राप्त हुन्छ । र यसको अवधि पूरा हुनुभन्दा अघि नै यसको प्रभावबाट मुक्ति मिल्छ । त्यसैगरी कोही मानिसलाई शनिको प्रभाव हुनुभन्दा केही समयपछिसम्म पनि यसको प्रभाव समाप्त हुँदैन ।  

ज्योतिष शास्त्रको अनुसार शनिको साढेसाती तीन प्रकारको हुन्छ । जसमा पहिलो लग्नबाट, दोस्रो चन्द्र लग्नबाट र तेस्रो सूर्य लग्नबाट । 

सुखको अनुभूति पनि दिलाउँछ

पदोन्नतिका लागि साथ दिने शनि तथा साढेसातीले दुख कष्ट मात्र दिने नभइ सुखदायी पनि हुन्छ । कुनै साढेसातीले कार्यसिद्धि दिलाएर व्यक्तिलाई नगर, जिल्ला वा राज्यको प्रमुख बन्ने अवसर पनि प्राप्त हुन्छ । शनिको साढेसातीले जसलाई पनि प्रभाव पार्न सक्छ । हरेक मानिसको जीवनमा तीस वर्षमा एकपटक साढेसातीको दशाको प्रभाव पर्छ । यदि धनु, मीन, मकर वा कुम्भ राशिमा साढेसातीको प्रभाव परेमा यसको असर कम पीडादायी हुने बताइन्छ । यद्यपि, साढे साती चौथो, छैटाँै, आठौँ र बाह्रौँ भावमा भएको भने यसले निकै दुख दिन्छ । शारीरिक, मानसिक र आर्थिक तीनै प्रकारको सुख हरण गर्छ । 

ख्याल गरौँ

दुःख तथा समस्या बढाउने साढे सातीमा भुलेर पनि निलम’ रत्न धारण गर्न हुँदैन । धारण गरेमा यसले हानी गर्छ । शनि विशेष दुःखदायी ग्रह भएकोले कुनै नयाँ काम, नयाँ उद्योग खोल्ने जस्ता काम साढे साती चलेको समयमा गर्न हुँदैन । साथै, सवारी साधन पनि खरिद गर्नुहुँदैन । शनि जब चार, छ, आठ वा बाह्रौँ भावमा विचरण हुन्छ उक्त व्यक्तिको धननाश हुने गर्छ । 

यसो गर्दा राम्रो हुन्छ

नैराश्यता बढाउने, हानि नोक्शानी पुर्‍याउने ग्रह शनि हुनाले ज्योतिषका अनुसार प्रत्येक व्यक्तिमा शनि आरम्भ हुनुभन्दा पहिलेदेखि नै शनिबारिय ब्रत, पीपल पूजा, शनिदेवको जप, तप वा विज्ञ ज्योतिषहरु जुन विधि बताउछन् सोही अनुसार गर्नुपर्छ ।

(ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी । सम्पर्क: ९८४७१३८७०६

(विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *