८ जेठ २०८०, सोमवार

काफलबोटमा समाजवादीको टोल भेला सम्पन्न !


एकीकृत समाजवादीको टोल भेला सम्पन्न भएको छ । बेनी नगरपालिका-९, घतानको काफलबोटमा समाजवादीको टोल भेला सम्पन्न भएको हो ।
स्थानीय तहको चुनावलाई लक्षित गर्दै एकीकृत समाजवादी म्याग्दीले जिल्लाका विभिन्न पालिका, वडा तथा टोल कमिटी बिस्तारसँगै कार्यकर्ता तथा जनता भेटघाटमा सक्रियता बढाएको हो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले तानाशाही र प्रतिगमनका विरुद्ध लडेर आएको पार्टी एकीकृत समाजवादी भएकाले जस्तोसुकै समस्यासँग लड्न सक्ने क्षमता आफूहरुसँग भएको बताए । आफू म्याग्दीका हरेक पालिका र पालिकाका वाडवाडमा पुगेकाले जनताका समस्यासँग नजिक रहेको बताउँदै तिनै समस्याहरु समाधानका लागि आफू राजनीतिमा होमिएको उनको भनाई रहेको थियो ।

जनताका समस्याहरु सम्बोधन गर्थे थलो संविधान सभाको दुईदुई पटक हत्या गरेर नपुगेर महिनौसम्म फेरि संसद अवरुद्ध गर्ने पार्टी एमालेलाई अब जनताले भोट दिएर फेरि संविधान सभा विघटन र संसद अवरुद्द गराउने गल्ती नगर्ने विश्वकर्माको भनाई रहेको थियो।

अबको यात्रा समाजवाद भएको र समाजवादको बाटो एकीकृत समाजवादीले तय गरिसकेकाले आफ्नो अमूल्य मत यसपटक एकीकृत समाजवादीलाई दिन आग्रह गरिएको थियो । उक्त टोल भेलामा समाजवादीका जिल्ला स्तरका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *