९ जेठ २०८०, मंगलबार

ग्लोबल आइएमइको २८९औ शाखा विस्तार बलेवामा !

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङ नगरपालिका १४ बलेवामा आफ्नो २८९औ शाखा विस्तार गरेको छ ।

सोमबार बलेवाको नारायणस्थानमा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षयक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नु भएको थियो । यस्तै एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गर्नु भएको थियोे ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बागलुङ नगरपालिका वडा १४ वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्य साथ शाखा स्थापना गरेको बैंकका अध्यक्ष ढकालले बताउनु भयो ।
ग्लोबल आईएमी बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बैंक हो । यसले यश क्षेत्रका ग्राहकलाई छिटो छरितो सेवा दिने उदेश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८९ शाखा, २५४ स्थानमा एटीएम, २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *