२३ जेठ २०८०, मंगलबार

जनक माविमा अनेरास्ववियूको संगठन विस्तार !

निर्मल पौडेल

कुष्मा नगरपालिका १० पिपलटारी स्थित जनक माध्यामिक विद्यालयमा अनेरास्ववियू (क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी ) जिल्ला समिति पर्वतको निरन्तर संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत बुधबार जनक माविमा २१ सदस्यीय कमिटी गठन गरेको हो।

”जनताको छोराछोरी सबै अखिल(क्रान्तिकारी) ” भन्ने नाराका साथ विद्यालय वा क्याम्पसमा अखिल(क्रान्तिकारी)ले संगठन विस्तार गरिरहेको छ । पूर्णिमा भुसालको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा कामना लामिछाने, सोफिया सुवेदी, मनिष बिक रहेका छन् । यस्तै सचिवमा हिमानी शर्मा, सह सचिवमा अञ्जिता गिरि, कोषाध्यक्षमा सोविका परियार रहेका छन् । सदस्यहरुमा खुशी तिवारी, रेश्मा परियार, लक्ष्मी गिरि, विनिता लामिछाने, कृपा पौडेल, कृषा पौडेल, अन्जना अधिकारी, पूजा चापागाईं, निकिता परियार, पुस्पा अधिकारी, अञ्जली सिंह परियार, विनिता सुनार, स्मृति परियार र आँचल परियार रहेका छन् ।
संगठन बिस्तारको क्रममा अखिल क्रान्तिकारी पर्वतका उपाध्यक्ष संगिन सुवेदीले नवगठित सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना साथै शैक्षिक राजनैतिक उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गरे। यसैगरी अखिल क्रान्तिकारीका जिल्ला सचिव गणेश गदालले विद्यार्थीहरुको हकहितका लागि लड्ने संगठन अखिल क्रान्तिकारी मात्र भएकोले सवै विद्यार्थीहरु लाई संगठनमा आवद्ध हुन आग्रह गरे।
कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो। पछिल्लो समय अखिल क्रान्तिकारी पर्वतले आफ्नो संगठन विस्तारको कामलाई तिव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *