२५ जेठ २०८०, बिहिवार

जैमिनी भैरवथान पदमार्ग निर्माण हुँदै !

सपना क्षेत्री
भैरवथान बागलुङमा पदमार्ग निर्माणको काम भैरहेको छ । जैमिनी नगरपालिका-१ अवस्थित जैमिनीदेखि भैरवथान हुँदै राम्चेसम्मको पदमार्ग निर्माण गर्ने काम भैरहेको हो ।
वडा नम्बर १ का वडा सदस्य लक्षमण आचार्यको पहल र गण्डकी प्रदेस सरकारको रु आठ लाखको बजेटमा पदमार्ग निर्माण भैरहेको हो । प्रदेस सरकारको बन तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयको केही श्रमदानमा निर्माण भैरहेको पदमार्गमा जैमिनीघाटदेखि चित्रेली डाँडासम्म नेचुरल ढुङ्गाका सिँढीहरु बिछ्याउन लागिएको हो । उक्त पदमार्गले आम्टारी, सामरुट, सरिबारी, जैमिनी, चित्रेली डाँडा, भैरवथान, राम्चे आदिका स्थानीयहरुलाई सहज मात्र भएको छैन धार्मिक पर्यटकहरुलाई भैरवथान सम्म पुग्नको लागि सहज बनाउने स्थानीय सुसन आचार्यले बताए । पदमार्ग निर्माण सम्पन्न हुन अझै १०/१५ दिन लाग्ने आचार्यको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *