१७ चैत २०७९, शुक्रवार

पूर्वप्रधानमन्त्री नेपाल र श्रममन्त्री श्रेष्ठ पर्वत र म्याग्दी आउने !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यही चैत २३ गते पर्वत र २४ गते म्याग्दी आउनुहुने भएको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता नेपाल पर्वत र म्याग्दी आउनु हुने भएको हो । नेता नेपालको साथमा श्रम तथा रोजगार मन्त्री किसानकुमार श्रेष्ठ पनि पर्वत र म्याग्दी आउनु हुने भएको छ ।
२०७७ पुस ५ मा पहिलोपटक र जेठ ७ को मध्यराती (यद्यपि समयको हिसाबले राती १२ बजेपछि अर्थात जेठ ८मा ) दोस्रोपटक संसद् विघटन गरेपछि संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई लिएर नेकपाभित्र विवाद बढ्दैजादा नेकपा बिभाजित भएर हाल तीन पार्टी (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) हुन पुगेका छन् ।

पाँच दलले घोषितरुपमा विपक्षी गठबन्धन बनाएर संसद् विघटन गर्ने प्रधानमन्त्री ओली विरुद्ध राजनीतिक संघर्ष सुरु गरेका छन् । उनीहरुले ओलीविरुद्धको गठबन्धन फराकिलो बनाउने रणनीति स्वरुप स्थानीय चुनावसम्म गठबन्धन गर्ने निर्णय गरेका छन् । जसका कारण ओलीको राजनीतिक यात्रा यतिखेर निकै अफ्ट्यारोमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *