१३ असार २०७९, सोमवार

फराकिला हुँदै गाउँका बाटा, रित्तिँदै घर !


 सन्देश लामिछाने
गति धिमा नै भएपनि गाउँँमा भौतिक विकासका कामहरू भइरहेका छन् । त्यसैक्रममा सडक विस्तारको काम पनि भइरहेको छ । तर बिडम्बना नै भन्न पर्ला सडक फराकिलो हुँदै जादा घरहरू भने खाली हुँदै गएका छन् । अब सोच्नुपर्ने भएको छ कि गाउँँमा के छैन जसले आफैँ वा बाआमाले बनाएका घरहरू छोडेर सहरमा बस्न जानुपर्यो ?

आजभोलि गाउँँमा हजुरबुबा, हजुरआमा र कुनै कुनै गाउँँमा बुहारी र बालबच्चाको बाहुल्य छ ? अहिले गाउँँको युवा जमात कहाँ छ ? युवाले के सिक्दैछन् ? गाउँँमा योगदान दिनुपर्ने हातहरू कहाँ कुन देश वा सहर बनाइरहेका छन् ? गाउँँमा अलिकति पैसा कमायो भने गाउँँको धनी भइन्छ । मान्छेले सेवा सुविधा खोज्न थाल्छ काम गर्दैन र बिरामी पर्न थाल्छ । गाउँँमा बस्न मन लाग्दैन सहर जान मन लाग्छ । सहरमा रोजेको त पाइन्छ तर अर्गानिक खोजेको पाइँदैन । गाउँको धनी भन्दा ऊ फेरि सहरको गरिब हुन मन पराउन थाल्छ ।

सहरमा मान्छेको भिडभाड हुन्छ । प्रयास गर्छ, फेरि धनी हुन्छ । अर्को देशको सिको गर्न थाल्छ उसलाई यो ठाउँ पनि मन पर्दैन देश नै छोडेर जान्छ । गाउँँदेखि सहर अनि देश नै छोड्नेहरूले आफ्नो ठाउँमा सम्भावना नदेख्नु कसकाे गल्ती हो ? मन परेको मान्छेलाई जीवन साथी बनाउन सकिन्छ भने आफूले जानेको कामलाई स्वयंवर गर्न किन नसक्ने ? हामीले अरू केही गर्नु आवश्यक छैन बस् मन र सोच परिवर्तन गर्न भने जरुरी छ ।
मलाई लाग्छ गाउँँमा घर खाली छोडेर जाने मान्छेलाई थाहा छैन् कि म के गुमाउँदै छु ? अर्काको ठाउँमा नभएको चिज के खोज्न थालेको छु भनेर । मानिस जति सहर झर्छ, त्यति नै ठूला महल बनाउँछ । त्यति नै ठूलो पैसा राख्ने सेफ बनाउँछ । त्यतिकै राम्रोस्तरको जीवन बिताउँछ । यसरी सहरमा हेर्ने धेरै कुरा छन् । गाउँँमा हेर्न पनि जान्न पर्छ र थोरै विवेक प्रयोग गर्न जान्नु पर्छ । गाउँँमा बस्न नजानेर हो गाउँँका घरहरू खाली हुँदै गएका । परिवर्तन हुनुपर्छ तर पुराना कुरालाई नबिगारी नयाँ कुरा थप्न जान्नु पर्छ । गन्जागोल बनाउने चाहिँ हुँदैन ।
गाउँँमा जस्तो स्वच्छ वातावरण अर्गानिक खानेकुरा मिलनसार समाज कुन ठाउँमा पाइन्छ होला ? गाउँँमा के पाइन्छ र । हामीलाई थाहा भएन कि गाउँँमा थोरै मात्र गर्न सके गाउँँ स्वर्ग हुन्छ । खुसी र आनन्द मिल्छ । थाहा नभएकैले हुनाले गाउँँमा जनसंख्या घटिरहेको छ । बाटो फराकिलो हुँदैछ घर रित्तिदै छन् । गाउँँमा नयाँ घर बनाउनुभन्दा रोजगारी सिर्जना गर्ने हो भने गाउँँमा भएका खाली घरहरू भरिने थिए कि ? विकास गर्न नजानेर यस्तो भएको हो । हाम्रा नेताहरूलाई व्यवस्थापन कसरी गर्ने हो र के गर्दा के हुन्छ र कस्तो परिणाम आउँछ भन्ने कुरा नै थाहा छैन । गाउँँमा खानेपानीको राम्रो व्यवस्थापन छैन ।
शिक्षा पनि गुणस्तरीय छैन् जतासुकै राजनीति छ । एउटा घरमा चाहिने सामान किन्दा त घरपरिवारको मन मिल्दैन छोराछोरीको कुरा बाबुआमाले मान्दैनन् बाबू आमाको कुरा छोराछोरी मान्दैनन् हाम्रो संस्कार पनि कतै हराउँदै त छैन ? अहिले सामाजिक धेरै मानिस तिनै छन् जाे समाजले उनिहरूलाई नराम्रो तरिकाले हेर्ने गर्छ ।
गाउँँमा भएकालाई केही थाहा छैन मलाई थाहा छ भन्ने र गाउँकालाई बेकुप बनाउने र प्रयोग गर्ने हुदा यो समस्या आएको हो । जब गाउँँ गाउँँमा बाटो पुग्न थाले पानिका मुहानहरू सुक्न थाले खेतीयोग्य जमिनमा रासायनिक मल नहाली खेती हुनै छोड्यो जमिन बाजो हुँदै गयो पतझार उम्रनु सामान्य भयो गाउँँमा गाई, भैंसी, बाख्रा र गोरु भनेका नै सम्पत्ति हुन्, तिनै पैसा हुन् । स्थानीय सरकार आए पछि जे कुरा पनि महँगो हुँदै गयो गाउँँमा न राम्रो शिक्षा छ ।
न राम्रो व्यवस्थापन छ । बाले हलो जोते गाउँँमा बसे आफ्नै बाउ जस्तै हुन्छु भन्ने सोच भए पछि गाउँँ छोडेर गए पछि सहर र गाउँको स्तर नमिल्ने हुदा गाउँँमा फर्किन मन लाग्दैन दुःख गर्न हिलोमा खेल्न भारी बोक्न सकिँदैन र गाउँँमा यस्तो काम गरे इज्जत पनि हुँदैन भन्ने सोच भएर पनि हो । बिना तालको विकासले गर्दा यस्तो अवस्था सिर्जना गरेको हो हामीहरू हतार गर्छौं, केही काम गर्दा सोच्ने बानी छैन । एउटै काम एउटा सोचले गर्न सकिएन भने त्यो काम गर्ने तरिका परिवर्तन गर्न जान्नु पर्छ यो हैन कि काम नै छोडेर जाने, काम भएन भनेर बस्ने गर्दा धेरै तनाब र घाटा हुन्छ ।
गाउँँ काम गरेर पैसा कमाउन भन्दा विदेश गएर पाँचवटा वर्ष बसे पछि सहरमा जग्गा र आफ्नो जीवनस्तर परिवर्तन हुने पैसा पनि भएकाले पनि मान्छेहरूको इच्छा चाहाना बढ्दै जाने भएकाले गाउँँ बस्न मन लाग्दैन मान्छेले सेवा सुविधा खोज्छ जुन गाउँँमा हुँदैन । हाम्रा बा आमाले के सिकाउनु भयो तर के सिकाउनु भएन होला के हजुरलाई थाहा छ । बाली लगाउन त सिकाउनु भयो तर अरूको भन्दा कसरी धेरै आलु, मुला, धान फलाउन सकिन्छ भन्ने कुरा यति सिकाएको भए छोराछोरी सहर पढ्न गए पनि गाउँँ फर्केर आउने थिए होला । तर हाम्रो समुदाय मा अहिले आईएनजीओ र संघसंस्थाले विदेशी तथा स्वदेशी लगानी प्रयोग धेरै गर्छन् । एउटा योजना बनाउँछ र सिकाउने भन्दै गाउँँगाउँँमा जाने गाउँकाले केही जानेका छैनन् भनेर फोटा खिच्ने र तिनै फोटा बेचेर पैसा खाने बानी परेकाले ल हजुर नै भन्नुस् के साँच्चिकै राम्रो काम गरेका छन् ?
काम त सिकाउँछन् तर सिकाएको मान्छेलाई निरन्तर संघ सस्थाले निगरानीमा राखेको भए एउटै मान्छेलाई त्यही सीप पाँच सातचाेटि किन सिकाउनु परेको र तिनैका फोटा बेचेर पैसा कसले खाएको छ सोच्नुपर्छ हजुरले रु निगरानीमा राखेको भए उनिहरूले रोगार पाउने थिए अरूलाई पनि रोजगारी बनाउने थिए हैन र हजुर अनि पो नयाँ तरिकाबाट काम गर्थे होला अनि गाउँँ पनि परिवर्तन हुन्थ्यो घर खाली हुने समस्या आउने थिएन । समस्या हाम्रा सोच्ने तरिकामा छ हजुर कुरा बुझ्नु भयो ? के बुझ्नु भयो रु के बुझ्नु भएन एकचोटि राम्रोसँग सोच्नै पर्छ हजुरले ।

Leave a Reply

Your email address will not be published.