७ जेठ २०८०, आइतवार

फलेवासमा समाजवादीको टोल समिति गठन !

फलेवास नगरपालिका वडा न ६ देवीस्थान धर्मशाला पर्वतमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको टोल समिति गठन भएको छ । पदमपाणि भुसालको अध्यक्षतामा समाजवादीको टोल समिति गठन भएको हो ।

साविक देवीस्थान गाबिस वडा न ९ को टोल समितिको सचिवमा कुलप्रसाद तिवारी र सदस्यहरुमा क्रमशः पदमपाणि गौडेल, नारायणप्रसाद तिवारी, लक्ष्मी तिवारी, राधिका तिवारी, सविन भुसाल, गीतादेवी गौडेल, सौरभ भुसाल, आकृति भुसाल, तिलकप्रसाद भुसाल, किरण तिवारी, अस्मिता भुसाल, इन्द्र गौडेल, शान्ति शर्मा लगायत १६ जनाको टोल समिति गठन भएको हो ।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले अब एकीकृत समाजवादी टोलटोलबाट उठ्न शुरु गरिसकेको बताउँदै अबको यात्रा समाजवाद तिरको जानकारी गराउनुभयो । केन्द्रीय निर्वाचन आयोगका सदस्य उदय सुवेदीले महिला, दलित र पिछडिएका बर्गको मुद्दा  समाजवादीले सम्बोधन गर्ने भएकाले सबैलाई एकीकृत समाजवादीमा आवद्ध हुन आग्रह गर्नुभयो । गण्डकी प्रदेश सदस्य तथा फ. न.पा अध्यक्ष कृष्ण लम्साल, रामेश्वर गौतम, एकीकृत समाजवादी फलेवास नगरपालिका-४, मुडिकुवाका अध्यक्ष बाल मुकुन्द धिमिरे, जि.क.स , चिरञ्जीवी शर्मा, भवानीप्रसाद उपाध्याय, भरत श्रेष्ठ, पदमपाणि गौडेल, पदमपाणि भुसाल, बिष्णु कुवँर, रमाप्रसाद भुसाल, सुरज कुवँर श्रेष्ठ, विभुष्ण श्रेष्ठ, सविन भुसाल, किरण तिवारी, लेखनाथ रेग्मी, कुलप्रसाद तिवारी, भवानी शर्मा, रुद्रप्रसाद भुसाल, रामप्रसाद भुसाल, विष्णु गौडेल, प्रकाश गौडेल, लक्ष्मी तिवारी, नारायण भुसाल र रुद्रप्रसाद भुसाल लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

समाजसेवी कुलप्रसाद तिवारीको अध्यक्षता, रामप्रसाद भुसालको स्वागत र कार्यक्रमको संचालन युवानेता सुरजकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *