म्याग्दीको बेनी नगरपालिका-६,डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी भएको हो । बिहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो । ‘दुई सवारी साधनमा आगो लगाइएको अवस्थामा भेटिएको छ,‘अनुसन्धानकै क्रममा छौ’ भारतीले भन्नुभयो ।
आगलागी भइरहेको अवस्थामा स्थानीयले खवर गरेपछि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङको नेतृत्वमा टोली पुगेको थियो । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन । बुधबार बेलुका करिव ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि विहिबार छलफल गरेर सवारीसाधन लैजाने गरी दुवै सवारी साधनलाई डम्मरामा नै पार्किङ गरिएको थियो । विहान दुबै सवारीसाधनमा आगलागी भएपछि घटना रहस्यमय भएको स्थानीयले बताएका छन् । सवारीसाधनको स्टेरिङमा समस्या रहेकाले पार्किङमै राखिएको थियो ।