१७ चैत २०७९, शुक्रवार

वाडवाडमा सक्रिय हुँदै समाजवादी !

सपना क्षेत्री

नेकपा एकीकृत समाजवादीको वाड भेला सम्पन्न भएको छ । जलजला-६ शालिजा, पर्वतको एकीकृत समाजवादीको वाड भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादी निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदीले एमाले र काङ्ग्रेस मिलेर हुबहु एमसीसी पास गर्न लागेपछि एकीकृत समाजवादीको पहलमा राष्ट्रघाती केही बुँदाहरुलाई ब्याख्यात्म संसोधनका लागि पहल गरिएको र अमेरिकाले सो ब्याख्यात्मक टिप्पणी स्विकार नगरे एमसीसी फिर्ता पठाइने बताउनुभयो ।

“हामी अहिलेपनि भन्छौं राष्ट्रघाती बुँदाहरु नसच्याएसम्म एमसीसी पारित हुनैसक्दैन” भेलालाई सम्बोधन गर्दै सुवेदीले भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले आगामी चुनावी रणनीति र आफ्नो पार्टीको धारणाको बारेमा प्रष्ट पार्दै निडरताका साथ चुनावी मैदानमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य हस्तबहादुर खोर्जा, देवीलाल चापागाईं लगायतले सम्बोधन गर्नुभएको कार्यक्रममा सदस्यता वितरण, टोल कमिटी गठन, आगामी चुनावी रणनीति र समसामयिक राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *