२३ जेठ २०८०, मंगलबार

समाजवादी पर्वतको जिल्ला बैठक सम्पन्न !


नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतको तेस्रो र चौथो पूर्ण बैठक सम्पन्न भएको छ । शनिवार कुश्मामा सम्पन्न भेलाले विभिन्न निर्णयसँगै जिल्ला कमिटी सदस्य थप गरेको छ ।


कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश सह इन्चार्ज तुलबहादुर गुरुङले गलत प्रवृत्तिको विरुद्ध एमालेबाट बिद्रोह गरि सच्चा कम्युनिस्ट पार्टी बनाएको दावी गर्नुभयो । अमेरिकाले सहयोग गरेको एमसिसीमा राष्ट्रलाई अहित नहुने गरि ब्याख्यात्म घोषणा गरि संसदबाट पारित गरिएको बताउदै एमसीसीको गलत भ्रममा नपर्न सबैलाई आग्रह गर्दै जनस्तरमा पनि सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलले जोस, जागर, उत्साह, आत्मविश्वास र जनमुखी निश्चित योजनाका साथ पार्टीपंक्ति जनताको घरघरमा गएर पार्टीका सकारात्मक गतिविधि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एकीकृत समाजवादी केन्द्रिय निर्वाचन आयोगका सदस्य उदय सुवेदीले चुनौतीको सामाना गर्दै अवसरलाई पछ्याउनुपर्ने बताउनुभयो । पार्टी अहिले कमिटी निर्माणको जटिल परिस्थितिमा रहेको बताउदै अप्ठ्यारो परिस्थितिको सामाना गर्न दृढताका साथ लाग्न कमिटीका सदस्यलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अहिले हामी अप्ठ्यारो र जटिल परिस्थितिमा छौँ, अप्ठ्यारो परिस्थितिमा जसले आट, हिम्मत गरेर अघि बढ्छ, उसले विजयी अवश्य गर्छ ।”

S


नेकपा एसका जिल्ला उपसचिव विराज हमालले पर्वतका सबै पालिका र वडामा कमिटी विस्तारमा तिव्रता दिएर चुनावी माहोलमा हुमिनुपर्ने बताउनुभयो ।अन्याय,अत्याचार, नातावाद, कृपावादको विरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्नुपर्नेमा हमालले जोड दिनुभयो। दमन शोषण अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध सशक्त रुपमा लाग्नुपर्ने र पार्टीको गरिमा बढाउने नारा, सांस्कृतिक कार्यक्रमका साथ निर्वाचन प्रचारप्रसारमा लाग्नुपर्ने नेताहरूले बताएका छन् ।
त्यस्तै बैठकले नेकपा एसबाट एमालेमा फर्किएकाहरुलाई जिल्ला कमिटीबाट निष्कासन गरेको छ भने सन्तोष सुनाम, लक्ष्मण विश्वकर्मा, लोकनाथ भुसाल, इश्वर लामिछाने,कमला कुँवर लगायत १६ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ ।
पछिल्लो समय देशको परिस्थिति अनुसार गलत प्रवृत्तिको बिरोध गर्दै युवा र बुद्धिजीवी वर्ग नेकपा एकीकृत समाजवादीमा उत्साहपूर्ण तवरले लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *