१० जेठ २०८०, बुधवार

समाजवादी म्याग्दीको कार्यकर्ता प्रशिक्षण, ब्याख्यात्मक बुँदा नस्विकारे एमसीसी फिर्ता गरिने !

नेकपा एकीकृत समाजवादी म्याग्दीको जिल्ला कमिटी बैठक तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । बिहिबार समाजवादीको पार्टी कार्यालय न्युरोड बेनीमा जिल्ला कमिटी बैठक तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा समीक्षा सँगै अबको रणनीति कस्तो हुने विषयमा प्रशिक्षण दिइएको थियो । तथा छ्लफल पनि भएको छ । नेकपा एकीकृत समाजवादी स्थाइ कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष तथा पूर्व राज्यमन्त्री रामजी शर्माले समाजवादीकै पहलमा एमसीसी सम्झौता हुबहु पारित हुन नदिएको बताउनुभयो । एमसीसीका अस्पष्ट बुँदाहरु संशोधन गर्न आफ्नो पार्टी र पार्टी निकट भातृ संगठनहरुले विरोध गरेको र १२ बुँदे ब्याख्यात्मक टिप्पणी भएपछि मात्र एमसीसी अनुमोदन भएको बताउँदै राष्ट्रलाई घात हुनेखालका गतिविधि हटाउन समाजवादीले नेतृत्व गरेको उहाँको भनाई रहेको थियो । नेपालको हित विपरित कुनै गतिविधि नहुने स्पष्ट पारिएको उक्त ब्याख्यात्मक टिप्पणी लागू हुने पनि उहाँको भनाई रहेको थियो । संसदको ठूलो प्रतिपक्षी एमाले पार्टीले एमसीसी अनुमोदनको क्रममा मौन समर्थन जनाएको र अहिले आफूलाई राष्ट्रवादी देखाउन पत्रकार सम्मेलन गरेको कुरा लज्जास्पद भएको शर्माको भनाई रहेको थियो साथै एमसीसीप्रतिको गलत धारणा चिर्नका लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । केन्द्रिय सदस्य श्रीप्रसाद शर्माले जनताका विचारहरु सुन्ने र सुनाउने थलो प्रतिनिधि सभालाई दुईदुई पटक विघटन गर्दा पनि नपुगेर महिनौदेखि अवरुद्ध गर्दा एमालेको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रेको बताउँनु भयो । एमसीसी जस्ताको त्यस्तै पारित गराउन तयार एमाले सत्ताबाट बाहिरिदाको पीडामा अहिलेपनि रन्थनिरहेको शर्माको भनाई रहेको थियो । साथै कमिटी बिस्तार हुन लागेका वडामा सक्रियताका साथ कमिटी बनाउन र चुनावी माहोलमा लाग्न जिल्ला कमिटी सदस्य तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । आसन्न निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा एस, कांग्रेस र माओवादीको गठबन्धन हुने जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादी म्याग्दीका इन्चार्ज मुना बानियाँले संविधान र लोकतन्त्र जोगाउन निरन्तर संघर्षरत रहेको बताउँदै हरेक उतारचढावको सामाना गर्न समाजवादी पार्टी तत्पर रहेको बताउनुभयो । म्याग्दी जिल्ला सहइन्चार्ज गोविन्द सुवेदीले “हामीले त हुबहु पास गर्न हुँदैन भनेर ब्याख्यात्म टिप्पणी गर्न सफल भयौ । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धन तोड्न, एसका सांसदलाई कारबाही गर्न र सभामुखलाई महाअभियोग लगाउन तयार भए आफूहरु एमसीसी हुबहु पास तयार रहेको” जानकारी दिनुभयो ।
म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले नेकपा एसले एमसीसीको विरोधमा सरकार छोडेको भए पनि कांग्रेसले एमालेसँग मिलेर जसै एमसीसी पास गर्ने भएका कारण अन्तिममा राष्ट्रघाती बुँदाहरुलाई ब्याख्यात्मक संशोधनका लागि अनुरोध गर्दै एमसीसीको पक्षमा उभिएको तर्क गर्नुभयो । कार्यक्रममा कार्यकर्ताहरुले सवालजवाफ गर्दै नेतृत्वलाई खुट्टा नकमाउन समेत आग्रह गरेका थिए । नेकपा एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठक तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण कार्यालय सचिव रुद्र किसानले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *