१६ चैत २०७९, बिहिवार

साहित्यकार बाबाको “दोसाँध” विमोचन हुँदै !

कवि एवम् गीतकार दुर्गाबहादुर शाह ‘बाबा’को ‘दोसाँध’ कविता सङ्ग्रह सार्वजनिक हुने भएको छ । उक्त कविता सङ्ग्रहको फागुन २१ गते (शनिबार) लोकार्पण सहित सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रम बिहान ११ः०० बजे पोखरा उद्योग वाणिज्य संघको ‘अमृत कक्ष’मा हुने जानकारि गराइएको छ । 

कार्यक्रमका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन् (सार्कका) महासचिव इसाला रुवान विराकुनले हार्दिक आभार तथा शुभकामना समेत प्रकट गरेका छन् । 

कवि एवम् गीतकार शाहा द्वारा लिखित यो दोस्रो कविता सङ्ग्रह हो भने, ‘दोसाँध’ कविता संग्रहमा ५१ वटा कविता सङ्ग्रहित छन् । 

नेपाली गीत तथा साहित्यिक जगतमा थुप्रै गीत तथा कविताद्वारा योगदान पुर्याउनुभएका कवि एवम् गीतकार शाहको २०६८ सालमा ‘दुर्गाबहादुर शाह ‘बाबा’का  कविताको विश्लेषण’ सहित त्रिभुवन विश्वविध्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सोध (थेसीस्) समेत गरिएको छ । विभिन्न संघ/संस्थामा आवद्ध साहित्यकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेसका अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *